
प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया थाल्न आज बुधवार संवैधानिक परिषद्को बैठक बस्दैछ ।
प्रधानमन्त्रीको अध्यक्षतामा रहने संवैधानिक परिषद्मा प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष र प्रमुख प्रतिपक्षी दलको नेता सदस्य रहने व्यवस्था छ ।
संवैधानिक परिषद् बैठक बोलाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच यसअघि नै छलफल भएको थियो ।