१६ असार २०८३, मंगलबार

आज सूर्यग्रहण लाग्दै, नेपालबाट नदेखिने

आज सूर्यग्रहण लाग्दै, नेपालबाट नदेखिने
प्रतिकात्मक तस्वीर

वैशाख कृष्ण औंसीका दिन आज बिहीवार सूर्यग्रहण लाग्दैछ । 

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले बिहीवार लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नलाग्ने जनाएको छ ।

बिहीवार लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नेपालीलाई नलाग्ने र बार्नु पनि नपर्ने समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले जानकारी दिए । 

यस वर्ष वैशाख ७, असोज २७ र चैत २६ गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले ३ वटै सूर्यग्रहण बार्नु नपर्ने उनले बताए । ३ वटै सूर्यग्रहणको दोष नेपालीलाई लाग्दैन ।

कात्तिक ११ गते लाग्ने चन्द्रग्रहण भने नेपालबाट देखिन्छ । यसमा भने दोष लाग्ने भएकाले बार्नुपर्छ । वैशाख ७ गते लाग्ने सूर्यग्रहण चीन, मङ्गोलिया लगायत देशबाट देखिने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले बताए ।

salt training

कमेन्ट गर्नुहोस्