सोमवार अन्नपूर्ण हिमालको तेस्रो शिविरबाट ओर्लने क्रममा हराएर पछि उद्धार गरिएका भारतीय पर्वतारोही अनुराग मालूको नाटकीय उद्धारको भिडियो सार्वजनिक भएको छ ।
एभरेस्ट टुडेले सार्वजनिक गरेको भिडियोमा पोल्यान्डका प्रख्यात पर्वतारोही एडम बिएलेकीले मालूको उद्धार गरेको देखिन्छ । उनलाई गहिरो खोंचबाट सकुशल उद्धार गरिएको थियो ।
बिएलेकीलाई बहादुरीपूर्ण उद्धार गरेकोमा एभरेस्ट टुडेले प्रशंसा गरेको छ ।
भारतको राजस्थानस्थित किशनगढका मालू अन्नपूर्णको शिखरबाट तल ओर्लने क्रममा लगभग ६ हजार मिटरको उचाइबाट खसेका थिए ।
उनी अझै बेहोश रहेको र स्वास्थ्यस्थिति गम्भीर रहेको बताइएको छ ।
उनलाई उद्धार गर्नका लागि एउटा हेलिकप्टर र ६ जना शेर्पा पर्वतारोहीको टोली परिचालन गरिएको थियो ।
We commend Adam Bielecki @AdamTheClimber for his unwavering courage and professionalism in the face of danger. Thank you for your incredible bravery and expertise in rescuing Anurag Maloo from the crevasse on Annapurna I (8091 m). Your help in rescuing Anurag Maloo from the… pic.twitter.com/bHrJj0Gq52
— Everest Today (@EverestToday) April 20, 2023