×

NMB BANK
NIC ASIA

पिर कसलाई छैन र ?

बैशाख ९, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

‘जिरा मरिच मलाई पर्नु पिर कसलाई पिरस्’ यो भनाई आम नेपालीमा छ, जसलाई नि आफ्नो पिर–व्यथा संसारमा ठूलो लाग्छ कि अरुको पिर आफ्नो जस्तो छैन ।

Muktinath Bank

पिर के हो त ? पिर कहाँबाट आउँछ । पिरको स्रोत के हो ? लाग्छ हरेक पिरको स्रोत आफैं हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

समय, काल, चक्र, पिरस्थिति मुताविक पिर फरक–फरक हुन्छ, जस्तो कि हामी विद्यार्थी हुँदा पढ्न नपरे हुँदो हो, घरमा पाहुना आए हुन्थ्यो, घरका ठूला मानिस अभिभावक मस्त कुरा गरेर दंग परेर बस्ने आफू चाहिँ खाली किताब हेर्नुपर्ने, बुवाआमाले खाली पढपढ भन्ने कति पिर !


Advertisment
Nabil box
Kumari

पिर कति प्रकारका छन् ? के पिर पनि समय बदलिएसँगै बदलिन्छ । पहिला–पहिला हाम्रा पालाको पिर, हैरानी, झन्झट, दिक्दारी अचम्मको थियो । अहिले हामीले कुरा गर्‍यौं भने आफैंलाई विगत सम्झेर हाँसो उठ्छ । केटाकेटीमा पुल बनाउने ठाउँमा भोग दिन मान्छेहरू बच्चा खोज्न गाउँतिर आउँछ भन्ने डरले थरथर ! घरबाट निस्कनै डर लाग्ने, अर्को भूतको डर, भूतले लैजान्छ, निदिनी आउँछ दुध चुसाएर मार्छ, एक्लै घाम अस्ताउने बेला बाहिर हिँड्न हुन्न । 

Vianet communication
Laxmi Bank

यस्ता पिरको बारेमा बाल मस्तिष्कमा तनाव सिर्जना गरेर पिरैपिर बोकेर केटाकेटीमा बाँचिन्थ्यो । त्यो सत्य हो या झुटो अझै थाहा छैन । न त कसैले भूतलाई देखेको, भेटेको छ, न त भूतले कसैलाई आजसम्म लगेको छ तर हुँदै नहुने पिर, डर, त्रास, भयले हाम्रो बालपन डरैडरमा बित्यो । त्यति मात्रै नभएर, पुलिस आयो पुलिसलाई बोलाऊँ ? अर्को तनाव !

कहाँ पाउनु बालापन ? क्रिडा, निष्फिक्री जीवन र विन्दास हाँसो, हरेक दिन नयाँ–नयाँ कुराबीच डर सुन्नुपर्ने अभिभावकहरूले दिएको यो त्रास, पिर र डरको कथाले हाम्रो सुन्दर भविष्य बनाउने कुरामा पनि दख्खल दिएको छ ।

राजमार्गतिर न जाउँ नि फेरि मोटरले हान्छ । खोलामा पौडी खेल्न जाने होइन नि फेरि डुबेर मर्लास् ! फलानाको छोरो बगाएर मर्‍यो खोलामा डुबेर । हरेक पिरले बाल्यकाल त्रासमै बित्यो । कथित डरको पछाडि व्यस्त बुवाआमाको सोच अल्पबुद्धि भनौं या लाड–प्यार, हामी यावतलाई काम नलाग्ने बनाएको पक्कै छ ।

सानो बच्चालाई स्वीमिङ पुलमा लैजाने दुधे बालकलाई आइसक्रिम खुवाउने जस्ता काम विदेशीले गर्छन् रे ! त्यसैले त उनीहरू ज्यान्द्रा हुन्छन्, साहसी हुन्छन्, एक्लै पूरा विश्व घुम्छन् । हामी भने वल्लो गाउँबाट पल्लो गाउँ जान डराउँथ्यौं ।

पिरका विषयमा कवि रचयिता गायकले धेरै बोलेका छन्, विभिन्न भाखा निकालेका छन् । जसमा धर्मराज थापा, लोकबहादुर क्षेत्री, झलकबहादुर गन्धर्ब, प्रकाश सपुत, डेजी बराइली आदिका गीतहरू अनन्तकालसम्म बजिरहेका छन्, स–सानामा हामीहरूले सुन्ने गरेको गीत ‘दूधमाथि तर, तरमाथि बिरालो मलाई कति पिरलो’ अझै याद छ ।

पिरका बारेमा हामी सबै जानकार छौं तर पिर कति प्रकारका छन् ? पिर कसरी हटाउनु सकिन्छ ? पिर ३ प्रकारका छन्, जसमा साँच्चिकै भएको पिर, डर, त्रास र कायरताले आउने पिर र अरुको झमेलाबाट आइलागेको पिर हुन् ।

कतिपय अवस्थामा मानिस स्वयं दुःखपीडामा पर्छ, जुन वास्तविक छ । जुन पिरको सिर्जना आफ्नै अकर्मण्यता, आलस्य, अल्छीपना र अज्ञानताले आउँछ, यो पहिलो किसिमको पिर हो ।

दोस्रो किसिमको पिर भनेको हुँदै नहुने कुरामा डराएर शंका–उपशंका गरेर हामी पिर बोकिरहेका छौं, जस्तो कि हामी घरबाट बाहिर निस्किँदा गाडीले किच्छ कि पकेटमारले पाकेट मार्छ कि आदि अदृश्य पिरले सताउँछ तर कतिपय अवस्थामा त्यो घटना वास्तवमा हाम्रो जीवनमा घट्दैन ।

तेस्रो प्रकारको पिर नदुखेको टाउको डोरी लगाएर दुखाउने अवधारणाबाट हुन्छ । हामी कहिलेकाहीँ अरुको कल्याण गर्दा आफ्नै अकल्याणमा पर्छौं । अरुलाई सहयोग, हित गर्न खोज्दा अनाहकमा स्वयं फस्छौं, डुब्छौं, झमेलामा पर्छाैं । जस्तो कि बैंकबाट ऋण लिँदा धन जमानी बस्ने, कसैको साक्षी बस्ने, पैसा सापटी दिने आदिबाट पिर उत्पन्न हुने पर्छ ।

लेखक विकी ह्यारिसनको भनाइमा पिर महासागर जस्तै हो । छालहरू आउँछन्, जान्छन् उतारचढावहरु हुन्छन्, हामीले डुबुल्की मार्नैपर्छ । यथार्थमा यो भनाइमा सत्यता छ । 

दुःख, चिन्ता, हैरानी, पीडाको बारेमा अनेक तर्क विचारहरू छन् । भगवान् बुद्धले संसारमा दुःख छ, दुःखका कारण छन्, दुःख हटाउन सकिन्छ, भन्नुभएको छ । दुःखको परिभाषा एकल तथा ठोस छैन, यो हरेक व्यक्तिमा फरक–फरक हुन्छ, सुखको विपरितार्थी शब्द दुःख यावत प्राणीमा रहने अवस्था हो । कुनै–कुनै पिर–दुःख तत्काल सुन्दा केही दुःख लाग्छ तर उप्रान्त त्यसको परिणाम भोग्ने क्रममा बिस्तारै चिरकालसम्म पीडादायी हुन्छ ।

पिरको व्याख्या धेरै हुन्छ, केही वर्षअघि १ जना शेयर खेल्ने मानिस नदीमा हेलिएर मरे, किनकि उनलाई शेयरमा घाटा भयो रे ! एक स्कूले नानीले प्रेममा असफल भएर आत्महत्या गरिन्, उता पे्रम प्रसादले देश सुधार्ने लामो पर्चा लेखेर आत्मदाह गरे । 

आफू मरे जोसुकै राजा होस् भन्ने पनि कहावत छ, सबै कुरा आफ्नो जीवन हुँदा चाहिने हो, त्यसका लागि पिर बोकेर हिँड्नुपर्छ, पिर त चितामा पुगेपछि सकिन्छ । चिन्ता र चिताको अटुट सम्बन्ध छ ।

चिन्ताले चितासम्म पुर्‍याउँछ भन्छन् बुढापाकाहरू, तसर्थ घाँटी हेरी हाड निल्नु, थाम्न सक्ने व्यवहार गर्नु, बढुवा नहुनु, ठूलो कुरा नगर्नु औकातमा बस्नु, धर्ती नबिर्सनु, धान्न सक्ने व्यवहार गर्नु, थाप्लो हेरेर नाम्लो लगाउनु, दौरा न सौराका खल्ती पनि भन्ने गरिन्छ । यी सब कुराले मानिसलाई चिन्ताबाट बचाउँछ ।

अहिले सबैतिर मुटु रोगी भेटिन्छन्, किनभने तपाईंसँग १ लाख छ भने तपाईं १० लाखको काम सोच्नुहुन्छ । तसर्थ काम भए त राम्रै हो, नत्र पिरको भारी हुन्छ ।

स्वामी विवेकानन्दको भनाइमा तिमी जन आफैंलाई विश्वास गर्दैनौं भने भगवानलाई कसरी विश्वास गर्छाै ? हृदय र दिमागको द्वन्द्व हुन हृदयको कुरा सुन । अरुका लागि बाँच्नेहरू एक्लै जिउँछन्, तसर्थ आशक्ति नराख र इन्कार पनि नगर जे आइपर्छ । अगाडि बढ यो मार्गबाट लागेमा दुःख कम गर्न सकिन्छ पक्का पनि ।

‘सन्तोषम परम सुखम, निराशाम परम दुःखम’ भनिन्छ । यदि हामी जन्मेको पल सम्झियो भने नाङ्गै आएको नाङ्गै जाने ! आखिर के छ त चिन्ता लिने विषय ?

कोही मानिसहरू दुःखबाट मुक्त हुन तलकालाई हेर्नुस् भन्छन् । सत्य हो ? तर हाम्र्रो समाजमा तपाईं माथि अगाडि बढ्नुभएन भने तपाईं बीचमा अड्केर बस्नुहुन्न, तल झर्नुहुन्छ । त्यसकारण माथि जाने सोच बनाउनुपर्छ ।

भगवान् श्रीकृष्णको भगवत गीतामा तिमी जे छौ, त्यो भगवान्कै कृपा हो, जे भइरहेको छ राम्रै छ, राम्रैका लागि भइरहेको छ र जे हुन्छ राम्र्रैका लागि हुन्छ, त्यसैले चिन्ता लिनु हुँदैन भनिएको छ तर मन मान्दैन ।  

पिरको बारेमा महात्म्य नै लेख्न सकिन्छ तर पिर युग, काल, समयअनुसार हुने रहेछ । अहिले युवायुवतीमा फेसबूकमा राखेको फोटो लाइक र कमेन्ट नहुँदा पनि पिर हुँदो रहेछ । पसलेलाई बिक्री भएन भन्ने पिर, ऋणीलाई व्याज बढेको पिर, किसानलाई बाली लागेन भन्ने पिर, नेतालाई ताली र सलाम आएन भन्ने पिर, भरियालाई आज भारी बोक्न पाइएन भने भरे के खाने भन्ने पिर, मोटालाई दुब्लाउन सकिएन भन्ने पिर, दुब्लालाई ज्यान लागेन भन्ने पिर, निःसन्तानलाई सन्तान भएन भन्ने पिर, सोचौ त एकपटक पिर नभएको को छ ? यसैले पिर छाडौ, कर्म गरौ, फल आउँछ कदाचित आएन भने पुनः कर्म गर्दा आइहाल्छ । कर्मण्डे बाधिकारस्ते माफलेसु कदाचन यो भनाइलाई आत्मसात गरे पिरबाट उन्मुक्ति भई सदा खुशी बन्न सकिन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
असार २५, २०७९

सातु नेपालीहरूको धेरै पुरानो र मौलिक परिकार हो । सातु बिहानको खाजा मानिने भए तापनि पछिल्लो समय यसलाई बिहान, दिउँसो, साँझ कुनै पनि समय खान थालिएको छ । कुनै समय सातु भनेर हेप्ने यो परिकार अति स्वास्थ्य...

मंसिर १८, २०८०

(श्रीकुमारको रुकुम डायरीबाट...) बिहान पौने ६ बजेको छ । पश्चिम रुकुमको आठबीसकोट जहाँ त्रिपालमुनि हजारौं बेघरबारहरू आगोले जिउ सेकाउँदै जाडो सामना गरेर उज्यालोको प्रतीक्षामा छन् । आगो तापेर बसेका महिलाहरू...

असोज २०, २०८०

नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले यही असोज १५ गते संरक्षित क्षेत्रमा पूर्वाधार निर्माणसम्बन्धी कार्यविधि, २०८० को मस्यौदा सरोकारवालाको राय-सुझाव संकलनका लागि सार्वनजिक गरेको छ । सो मस्यौदा कार्यविधिमा सरोका...

भदौ ५, २०७८

आमाले मलाई ‘तलाई त मोटोघाटो राम्रो देखिन्छ’ भन्नुहुन्थ्यो । हजुर आमा बितेर जानुभयो, उहाँले पनि त्यस्तै भन्नुहुन्थ्यो । सानोमा म दुब्लो–पातलो नै थिए । मेरो नाति खान नपाएजस्तो ‘मरनच्यास...

माघ ८, २०८०

राज कुमार गजुरेल विदेशको सुखसयल र सुख सुविधा छोडेर बेलायती लाहुरे चामबहादुर पुन गाउँ फर्किए । सपरिवार बेलायतमा रहे पनि चामबहादुर नेपालमै भेटिन्छन् । गाउँको सेवा गर्न समुन्द्रपारि (...

मंसिर ८, २०८०

दुई वर्षअघि नेपाल पीएचडी एसोसिएसनको काठमाडौंमा भएको साधारणसभाले नयाँ कार्यसमिति बनायो । म कोषाध्यक्षमा निर्वाचित भएँ । मैले कार्यसमितिका साथीहरूको सामूहिक तस्वीरसहित ट्विटर र फेसबूकमा यो विषय पोस्ट गरें । त्...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x