३० जेठ २०८३, शनिबार

डढेलोले पाइप जलेपछि विद्यालयमा खानेपानी आपूर्ति बन्द

डढेलोले पाइप जलेपछि विद्यालयमा खानेपानी आपूर्ति बन्द

डढेलोले खानेपानीको पाइप जलेपछि हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित रातमाटे आधारभूत विद्यालयमा खानेपानी आपूर्ति बन्द भएको छ । स्थानीय मार्से–सावाला–कुर्ले–सिद्धेबारी सामुदायिक वनमा लागेको डढेलोले रमितेपाखा मुहान भएको खानेपानी आयोजनाको पाइप जलेपछि रातमाटे आधारभूत विद्यालयम खानेपानी आपूर्ति बन्द भएको हो ।

भिरैभिर भएको ठाउँमा जमिनमा गाड्न सम्भव नभएपछि बाहिरै तन्काएर राखिएको करिब पाँच सय मिटर खानेपानीको पाइप डढेलोले जलेको अध्यक्ष राजन राईले जानकारी दिए । 

साविक दुर्छिम–३ छापडाँडा तेलाभिरमा डढेलोले छाडिसकिएको केही घर जलेको निवर्तमान वडासदस्य फलामसिं राईले बताए । डढेलोले वनस्पति खसाप पारे पनि अहिलेसम्म मानवीय क्षति भने भएको छैन । यस्तै डढेलोले जन्तेढुङ्गा गाउँपालिका–४ डम्बर्खुशिवालयस्थित कात्तिके सामुदायिक वन सखाप बनाएको छ । वैशाख ६ गते साँझदेखि सुरु भएको भीषण डढेलोले सामुदायिक वन सखाप बनाएको हो । 

salt training

कमेन्ट गर्नुहोस्