३१ असार २०८३, बुधबार
उपनिर्वाचन

बारा-२ मा बुथ कब्जा भएको सीके राउतको आरोप

बैशाख १०, २०८०
बारा-२ मा बुथ कब्जा भएको सीके राउतको आरोप

जनमत पार्टीका अध्यक्ष सीके राउतले बारा–२ का विभिन्न स्थानमा उपनिर्वाचनको मतदानका क्रममा बुथ कब्जा भएको आरोप लगाएका छन् । उनले जसपाका कार्यकर्ताहरुले बुथ कब्जा गरेको आरोप लगाउँदै आफ्नो प्रतिनिधिलाई प्रवेश समेत नदिइएको आइतबार बिहान सञ्चारकर्मीहरुलाई बताए । 

उनले पचरौता नगरपालिकास्थित बेलडाँगी मतदान केन्द्रको बुथ कब्जा भएको बताए । ‘पचरौताको बेलडाँगी बुथ कब्जा भएको छ । त्यहाँ हाम्रो बुथ एजेन्टलाई छिर्न दिएको अवस्था छैन ।जसपाका कार्यकर्ताहरुले अवरोध गरेका छन्’, उनले भने । 

उनले देबताल झिपकैया बुथमा पनि त्यही अवस्था रहेको दाबी गरे । सर्वदलीय बैठकको नाममा जबरजस्ती गर्न लगाएर बुथ कब्जाको अवस्था निर्माण गरिएको उनको आरोप छ । 

उनले अन्य एक दुई वटा बुथ पनि कब्जाको स्थितिमा रहेको भन्दै चुनावमा धाँधली गर्न प्रहरी प्रशासनकै मिलेमतो रहेको समेत आरोप लगाए । बारा २ मा पार्टीको पक्षमा माहोल बनाउन राउत लामो समयदेखि खटिएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्