२२ असार २०८३, सोमबार

तनहुँ–१ मतगणनामा ‘कुखुराको भाले’ चौथो स्थानमा, राप्रपा र उन्मुक्ति पार्टी पछाडि

बैशाख ११, २०८०
तनहुँ–१ मतगणनामा ‘कुखुराको भाले’ चौथो स्थानमा, राप्रपा र उन्मुक्ति पार्टी पछाडि
प्रतिकात्मक तस्वीर

तनहुँको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा भएको उपनिर्वाचनअन्तर्गत हालसम्मको मतगणनामा पुरानो राजनीतिक दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई पछाडि पार्दै चुनाव चिह्न ‘कुखुराको भाले’ चौथो नम्बरमा देखिएको छ ।

हालसम्म रास्वपाका उम्मेदवार स्वर्णिम वाग्ले ५ हजार १९ मतसहित पहिलो स्थानमा, सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई २ हजार ३५१ मतसहित दोस्रो स्थानमा र नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनाल १ हजार ५४९ मतसहित तेस्रो स्थानमा छन् ।

मंगोल नेशनल अर्गनाइजेसनका उम्मेदवार प्रेमबहादुर थापा चुनाव चिह्न ‘कुखुराको भाले’ ७६ मतसहित चौथो स्थानमा छन् । राप्रपा २८ मतसहित पाँचौं स्थानमा छ । नागरिक उन्मुक्ति पार्टी १८ मतसहित छैठौं स्थानमा रहेको निर्वाचन आयोगले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्