२९ असार २०८३, सोमबार

श्रीलंकामा हिन्दू मन्दिरमा आक्रमण, तमिल समुदाय आक्रोशित

बैशाख ११, २०८०
श्रीलंकामा हिन्दू मन्दिरमा आक्रमण, तमिल समुदाय आक्रोशित

श्रीलंकामा विगत केही दिनयता हिन्दू मन्दिरहरूमा आक्रमणका घटना बढ्न थालेका छन् । 

त्यसले गर्दा त्यहाँको तमिल समुदाय आक्रोशित छ । देशको उत्तरी भागमा सिंहलीकरणलाई प्रोत्साहन गरिएकाले यस्ता घटना भइरहेको उनीहरू दाबी गर्छन् । 

स्थानीय सञ्चारमाध्यममा आएका खबरअनुसार, विगत केही दिनयता मन्दिरहरूमा आक्रमण गर्नुका साथै मूर्तिहरूलाई तोडफोड गरिएको छ । केही मूर्तिहरू बेपत्ता पारिएको छ । 

त्यस्तो हुन थालेपछि जाफनामा तमिलहरूले सार्वजनिक स्थानमा हिन्दू देवताको मूर्ति स्थापना गरेका थिए । तर त्यहाँको प्रहरीले मूर्ति हटाउनका लागि अदालतसमक्ष निवेदन दिएको छ । 

कैयन् तमिल राजनीतिक दलहरूले मन्दिर आक्रमणको विरोधमा मंगलवार (अप्रिल २५) मा विरोध प्रदर्शन आह्वान गरेका छन् । 

उत्तरी प्रान्तमा हिन्दू मन्दिरहरूमा आक्रमण भइरहेसँगै नयाँ बौद्ध संरचना तथा मन्दिर बन्न थालेको द हिन्दु पत्रिका लेख्छ । त्यहाँ हिन्दू सबभन्दा ठूलो धार्मिक समूह हो भने त्यसपछि क्रिस्चियन र मुस्लिम पर्छन् । बौद्धहरू चौथो स्थानमा छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्