
बारा क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले अग्रता बढाएका छन् ।
उपेन्द्र अहिले १९० मतले अगाडि छन् ।
१ हजार ६५० मत ल्याउँदा जनमत पार्टीका शिवचन्द्र कुशवाहाले १ हजार ४६० मत पाएका छन् ।
तेस्रो स्थानमा रहेका नेकपा एमालेका पुरुषोत्तम पौडेलको मत ७२३ छ ।
अहिलेसम्मको रुझान हेर्दा जसपा र जनमतबीच कडा टक्कर देखिएको छ ।