१० साउन २०८३, आइतबार
उपनिर्वाचन मतगणना

चितवनमा रास्वपा सभापति रवि ४ हजार ३६० मतसहित अगाडि

बैशाख ११, २०८०
चितवनमा रास्वपा सभापति रवि ४ हजार ३६० मतसहित अगाडि

चितवन निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले अग्रता कायमै राखेका छन् । 

इच्छाकामना १, २, ३, ४ र ५ को गणना सकिँदासम्म रास्वपाले ४ हजार ३६०, एमालेले २ हजार ५४४ र कांग्रेसले २ हजार २०५ मत ल्याएका छन् ।

इच्छाकामना गाउँपालिका २ मा रास्वपाले ३३६, एमालेले ४६८ र कांग्रेसले २०६ मत ल्याएका छन् । वडा नम्बर ४ मा रास्वपा ८४०, एमालेले २९४ र कांग्रेसले २३६ मत ल्याएका छन् ।

इच्छाकामना ५ मा रास्वपाले ८३४, एमालेले २८९ र कांग्रेसले २१० मत ल्याएका छन् । इच्छाकामना ३ मा रास्वपाले ८३८, एमालेले २९८ र कांग्रेसले ३४४ मत पाएको छ ।

इच्छाकामना १ मा रास्वपाले ३१९, एमालेले ३६७ र कांग्रेसले २४४ मत ल्याएका छन् । वडा नम्बर ६ मा रास्वपाले ४३६, एमालेले ३६६ र कांग्रेसले २५३ मत ल्याएको छ । वडा नम्बर ७ मा रास्वपाले ७५६, एमालेले ४६२ र कांग्रेसले ७११ मत ल्याएको छ । इच्छाकामनामा ९ हजार ४४४ मत खसेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्