
तनहुँ–१ मा रास्वपाका उम्मेदवार स्वर्णिम वाग्ले विजयी भएका छन् । पहिलो चुनावी प्रतिस्पर्धामै उनी सानदार विजयका साथ संसद प्रवेश गर्न सफल भएका हुन् ।
विजयी भएका वाग्लेले ३४९१९ मत प्राप्त गरे । यस्तै निकटतम प्रतिस्पर्धी कांग्रेसका गोविन्द भट्टराईले २०१२२ मत मात्रै प्राप्त गरे ।
तनहुँमा ६५३१६ मत खसेको थियो भने सदर मत ६४१३५ रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जसमा ११८१ मत बदर भएको थियो ।
यस्तै पराजित भएका उम्मेदवारहरु एमालेका सर्वेन्द्र खनालले ८४८८ मत पाउँदा राप्रपाकी शोभा गुरूङले २१८ मत पाइन् ।
यस्तैगरी नागरिक उन्मुक्ति पार्टीका भिम बहादुर सुनारले ९९, नेमकिपाका राम प्रसाद प्रजापतिले ३१, नेकपा समाजवादीका गणेश श्रेष्ठले ५ तथा मंगोल नेशनल अर्गनाइजेसनका प्रेम बहादुर थापाले १६६ मत पाए ।
यसैगरी राष्ट्रिय जनमुक्ति पार्टीका पूर्ण बहादुर रानाले ८७ मत पाए । आइतबार सम्पन्न तनहुँ १ को उपनिर्वाचनको नतिजा मंगलबार बिहान आएको हो ।