०२ साउन २०८३, शनिबार

किसानलाई तरकारीकाे बिउ वितरण

बैशाख १२, २०८०
किसानलाई तरकारीकाे बिउ वितरण

हुम्ला सदरमुकामसँग जोडिएको खार्पुनाथ गाउँपालिका–५ का सबै घरधुरीलाई उन्नत बिउ वितरण गरिएको छ ।

खार्पुनाथ–५ किसान व्यावसायिकरूपमा तरकारी खेती गर्न आकर्षित होउन् भन्ने हेतुले बिउ वितरण गरिएको हो । सबै घरधुरीलाई आयआर्जनमा वृद्धि गर्न तरकारीका कीट सहयोग गरेको वडाध्यक्ष भरतजङ्ग शाहीले बताए । उनले वडाभित्रका सबै तीन सय ६३ घरधुरीलाई सात प्रकारका उन्नत बिउ वितरण गरिएको जानकारी दिए ।

स्थानीयलाई राजस्वको दायरामा ल्याउनका लागि वडामा वितरण गरिएका सातै प्रकारका बिउका लागि वडाले रु १० लिएको वडाध्यक्ष शाहीले बताए । काउली, बन्दा, टमाटर, गाँजर, मुला, धनियाँ र सागका बिउ रहेका छन् ।

उक्त वडाबाट सदरमुकाम सिमकोटमा समेत तरकारी आपूर्ति हुने गर्छ । वडाध्यक्ष शाहीले विभिन्न समयमा आफ्ना वडावासीलाई आवश्यकतानुसार कम्मल, खाद्यान्नलगायत सहयोग गर्दै आएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्