३१ असार २०८३, बुधबार
उपनिर्वाचन

दोस्रोपटक झन् शानदार मतान्तरसहित विजयी भए रवि लामिछाने

बैशाख १२, २०८०
दोस्रोपटक झन् शानदार मतान्तरसहित विजयी भए रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन २ बाट फेरि शानदार मतसहित निर्वाचित भएका छन् ।

४ मंसिरमा ३४ हजार ३१२ मत ल्याएर विजयी भएका रवि ५ महिनालगत्तैको उपनिर्वाचनमा ५४ हजार १७६ मत ल्याएर विजयी भएका हुन् । 

उपनिर्वाचनमा रविले निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका जीतनारायण श्रेष्ठलाई ४३ हजार ६२ मतान्तरले पछि पारे ।

श्रेष्ठले ११ हजार २१४ मत पाउँदा नेकपा एमालेका रामप्रसाद न्यौपानेले १० हजार ९३६ मत ल्याए ।

मंसिर ४ मा यही क्षेत्रबाट कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ९८८  र एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६५२ मत ल्याएका थिए ।

तर, रविले झन् बढी मत ल्याएर विजयी हुँदा कांग्रेस र एमालेका दुवै स्थानीय उम्मेदवारले पहिलेको जति पनि मत ल्याउन नसकेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्