२९ असार २०८३, सोमबार

युवाको चाहनाअनुसार अहिलेका पार्टीहरू नचलेको पुष्टि भयो : डा. कोइराला

बैशाख १२, २०८०
युवाको चाहनाअनुसार अहिलेका पार्टीहरू नचलेको पुष्टि भयो : डा. कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले उपनिर्वाचनमा पुराना पार्टीलाई भोट नगएर नयाँ पार्टीलाई जानुले युवाको चाहनाअनुसार अहिलेका पार्टीहरू नचलेको पुष्टि भएको बताएका छन् ।

विराटनगर विमानस्थलमा मंगलवार पत्रकारसँग कुराकानी गर्दै नेता कोइरालाले अब कांग्रेस सच्चिन जरुरी रहेको समेत बताए ।

उनले युवाको भावनाअनुसार कांग्रेस अगाडि नबढेकै कारण अहिलेको अवस्था आएको उल्लेख गरे । नेता कोइरालाले उपनिर्वाचनको मतपरिणामलाई लिएर पार्टीभित्र निर्मम समीक्षा हुने बताए ।

उनले हारको दोष एक जनामाथि थोपरेर अरु उम्किने अवस्था नरहेको उल्लेख गरे । नेता कोइरालाले प्राप्त जनमतलाई स्वीकारेर अगाडि बढ्नुको विकल्प नभएको प्रस्ट पारे । 

फरक प्रसङ्गमा नेता कोइरालाले देशको अर्थतन्त्र अत्यन्तै अप्ठ्यारो अवस्थामा रहेको बताए । कोइरालाले अर्थतन्त्र सुधारका लागि सरकार गम्भीर हुनुपर्नेमा जोड दिए । नेता कोइरालाले आर्थिक रूपमा नेपाल श्रीलंकाको बाटोमा अहिले नै नगएको बताए तर बेलैमा बुद्धि पुर्‍याएर अर्थतन्त्र सुधारका लागि लाग्नु जरुरी रहेको उनले औंल्याए । 

salt training

कमेन्ट गर्नुहोस्