
बाराको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनको जारी मतगणनामा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले २१ हजार ४४६ मत पाएका छन् ।
निकटतम प्रतिस्पर्धी जनमत पार्टीका शिवचन्द्र प्रसाद कुशवाहालाई २ हजार ७६३ मतले पछाडि पार्दै यादवले अग्रता कायमै राखेका छन् ।
कुशवाहाले १८ हजार ६८३ मत पाएका छन् । नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले ६ हजार २७६ मत पाएका छन् । मतगणना जारी छ ।