२१ असार २०८३, आइतबार

भगवान् भेट्न भन्दै भोकभोकै बसेका थप १० जनाको शव भेटियो

बैशाख १२, २०८०
भगवान् भेट्न भन्दै भोकभोकै बसेका थप १० जनाको शव भेटियो

केन्याका अधिकारीहरूले भगवान् भेट्न भोकभोकै बसेका थप १० जनाको शव फेला परेको बताएका छन् । यो सँगै ईश्वरसँग साक्षात्कार हुने विश्वासमा निराहार बसेर ज्यान गुमाएको सङ्ख्या ८३ पुगेको छ । 

चिहान उत्खननमा संलग्न केन्याली अधिकारीका साथ रहेको एएफपीका संवाददाताले मृतकको सङ्ख्या बढ्नसक्ने बताएका छन् । निराहार बसेमा परमेश्वरसँग साक्षात्कार हुने आश्वासन दिएका पल म्याकेन्जी न्थेन्गे नेतृत्वको समूह शाकाहोला जङ्गलमा रहेको सूचनाका आधारमा सुरक्षाकर्मी त्यहाँ पुगेका थिए । उनीहरूले आरोपीको खोजीमा दिनभर जङ्गलमा बिताएका थिए । 

आज तीन जना बालबालिकाको शवसहित १० जनाका शव भेटिएका हुन् । मृतक बालबालिकाले उनीहरूले श्वेतवस्त्र लगाएका पाइएको छ । भोकै बसेमा भगवान् भेटिने अन्धविश्वासको पराकाष्ठाले केन्यालीलाई अब यस्ता धार्मिक अन्धविश्वासविरुद्ध आन्दोलन गर्न प्रेरित गरेको छ भने राष्ट्रपति विलियम रुटोले दोषीमाथि कारबाही हुने प्रतिबद्धता व्यक्त गरेका छन् ।

गुडन्युज चर्चका केही अनुयायीले शाकोला जङ्गलमा अझै पनि भगवान्सँग साक्षात्कार गर्ने लालसमा केही मानिस रहेका बताउँदै तिनीहरूलाई पत्ता लगाएर शीघ्र उद्धार नगरेमा उनीहरू पनि माटोमा मिल्ने बताएका छन् । प्रहरीका अनुसार सोमबार २९ जनालाई उद्धार गरेर अस्पताल पु¥याइएको छ । 


 

salt training

कमेन्ट गर्नुहोस्