३० जेठ २०८३, शनिबार

आईपीएल क्रिकेटमा मुम्बईलाई हराउँदै गुजरातको जीत

बैशाख १३, २०८०
आईपीएल क्रिकेटमा मुम्बईलाई हराउँदै गुजरातको जीत

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सलाई ५५ रनले हराउँदै गुजरात टाइटन्सले जितेको छ ।

शुरूआती ब्याटिङ गरेको गुजरातले ६ विकेट गुमाउँदै २०७ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको मुम्बई २० ओभर खेल्दै ९ विकेट गुमाएर १५२ रनमै सीमित भयो ।

गुजरातको जीतका लागि शुभमन गिल, अभिनव मनोहर, डेविड मिलर र राहुल तेजतियाले सानदार प्रदर्शन गरेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

आईपीएल अंकतालिकामा गुजरात चौथो नम्बरबाट दोस्रो नम्बरमा उक्लिएको छ भने मुम्बई सातौं नम्बरमा छ । 

salt training

कमेन्ट गर्नुहोस्