×

NMB BANK
NIC ASIA

बजारमा योनेक्सका नक्कली सामान छ्यापछ्याप्ती, कसरी चिन्ने सक्कली ? [भिडियोसहित]

बैशाख १४, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

ब्याडमिन्टन, टेनिस लगायतका खेल सामग्री उत्पादक चर्चित जापानी 'ब्रान्ड' योनेक्सका सामानजस्तै देखिने गरी कपी गरिएका नक्कली सामान नेपाली बजारमा छ्याप्छ्याप्ती पाइन थालेको छ ।

Muktinath Bank

बजारमा खासगरी र्‍याकेट, टी- शर्ट, हाफ पाइन्ट, मोजा नक्कली भेटिन थालेको योनेक्सको नेपालका लागि आधिकारिक बिक्रेता इनास इन्टरप्राइजेजका अध्यक्ष राजु बास्तोलाले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वनस्थलीका डा. पुरुषोत्तम घिमिरेले महाबौद्धको एक पसलबाट योनेक्सको लोगो राखिएको र्‍याकेट किनेका रहेछन्, तर त्यसको 'पफर्मेन्स' सक्कली र्‍याकेटको जस्तो पाएनन् ।


Advertisment
Nabil box
Kumari

'मैले योनेक्सको भनेर र्‍याकेट किनेर ल्याएँ, तर ब्याटिङ गर्दा त्यसको पावर नपुगेको महसूस भयो । पछि फेसबूकमार्फत आधिकारिक बिक्रेता पत्ता लगाएर अफिसमा गई जाँच गर्दा नक्कली सामानमा ठगिएको थाहा भयो,' उनले दु:खी हुँदै भने ।

Vianet communication
Laxmi Bank

अर्का ग्राहक सनम खनालको दु:खेसो पनि उस्तै छ ।

आफूले प्रयोग गर्दै आएको योनेक्स र्‍याकेटको स्ट्रिङ्ग चुडिएर फेर्दा त्यो पनि नक्कली परेको खनालको गुनासो छ ।

'स्ट्रिङ्ग चुँडिएर महाबौद्धमा फेर्न दिएको थिएँ, तर फेरेको केही दिनमा फेरि चुँडियो,' खनालले भने, 'पछि धर्मपथमा रहेको इनास इन्टरप्राइजेजमा आएर देखाउँदा नक्कली स्ट्रिङ्ग फेरिदिएको थाहा पाएँ,' उनले भने।

सक्कली सामान ठानेर किन्दा ग्राहकहरू ठगिनुपरिरहेको नेपालका लागि योनेक्सको आधिकारिक बिक्रेता इनास इन्टरप्राइजेजका अध्यक्ष राजु बास्तोला बताउँछन् ।

'विचरा ग्राहकहरूलाई पनि के थाहा, सक्कली सामान ठानेर किन्दा उहाँहरू ठगिइरहनुभएको छ,' बास्तोलाले भने ।

महाबौद्ध, न्युरोड, कालिमाटीलगायत स्थानमा योनेक्सका नक्कली समान जताततै पाइन थालेको उनले बताए । देख्दा उस्तै भए पनि क्वालिटीमा भने आकाश जमिनको फरक पर्ने गरेको छ ।

'नक्कली सामानको बिगबिगीले गर्दा हाम्रा सक्कली सामानको बिक्रीमै ह्याम्पर परिरहेको छ,' बास्तोलाले भने, 'खुल्लमखुला यसरी  डुप्लिकेट समान ल्याउनै नपाइने हो । ल्याइहालेमा पनि सरकारले जफत गर्नुपर्ने हो, तर किन जफत गरिरहेको छैन ?'

योनेक्सका कतिपय उत्पादनहरू चोरीपैठारी भएर नेपालगञ्ज भन्सार हुँदै भित्रिएको जानकारी समेत आफूले पाएको उनले बताए ।

'नेपालगञ्ज भन्सारबाट योनेक्सका सक्कली समान नै पनि विना भन्सार भित्रिन थालेको सूचना पाएको छु । सरकारले तुरुन्तै यसलाई नियन्त्रण गर्नुपर्‍यो,' बास्तोलाले थपे ।

सक्कली सामान कसरी चिन्ने त ? त्यसको सहज तरिका प्रस्ट पार्दै बास्तोलाले भने, 'योनेक्सको कुनै पनि सामान किन्दा अथेन्टिकेटर माग्नुस् र त्यसले सामानमा भएको होलोग्राम चेक गर्नुस्, त्यसो गर्दा भिजिबल पार्टमा बिरालोको आँखाजस्तो टल्किन्छ, तर नक्कलीमा त्यो टल्किँदैन । त्यहाँ त्यस्तो केही पनि देखिँदैन ।'

माथि उल्लेखित प्रक्रिया अपनाउने हो भने सक्कली र नक्कली सामग्री सहजै चिन्न सकिने उनको दाबी छ ।

विशेषगरी खेलसँग सम्बन्धित सामग्री उत्पादन गर्ने योनेक्सका र्‍याकेट, कक, जुत्ता, मोजा, टी-शर्ट, ब्याग आदि नेपाली बजारमा उपलब्ध छन् ।

इनास इन्टरप्राइजेजले मल्टनका फूटबल, भलिबल, बास्केटबललगायतका खेल सामग्री पनि नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ ।

हेर्नुहोस्, भिडियो :

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २२, २०८०

३५ वर्ष लामो विरासत बाेकेको भारतको नम्बर १ टायल कम्पनीको रूपमा प्रख्यात कजरिया टायल्सले काठमाडौंमा आफ्नो पहिलो एक्सपेरियन्स उद्घाटन गर्दै नेपाली बजारमा प्रवेश गरेको छ ।  बिहीवार आयोजित कार्यक्रममा कजरिया...

मंसिर ३०, २०८०

विश्वभर नै गुणस्तरीय सेवासहित चेन होटल विस्तारलाई तीव्रता दिएका लुभरे होटल ग्रप, गोल्डेन टुलिप ब्रान्डमा सरोबर होटल एण्ड रिसोर्ट्सको व्यवस्थापनमा रुपन्देहीमा चेन होटल सञ्चालनमा आउने भएको छ । आगामी वर्षदेखि सञ्चा...

चैत २५, २०८०

नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रालिले विद्युतीय गाडी टाटा टियागो ईभीको शुरूवाती मूल्य योजना समाप्त भएको जनाएको छ । सन् २०२३ को सेप्टेम्बरमा आयोजित नाडा अटो शोको ...

पुस १३, २०८०

यशोदा फूड्स प्रालिले करेन्ट चाउचाउ लगायत आफ्नो कम्पनीको उत्पादन र विक्रीवितरणमा कुनै पनि रोक नलागेको स्पष्ट पारेको छ । उत्पादन बिक्रीवितरणमा रोक लगाईपाउँ भन्दै परेकोउजुरीविरुद्ध उद्योग विभागले गत जे...

कात्तिक २६, २०८०

प्रदर्शनी मार्गस्थित भृकुटीमण्डपमा आइतबार देखिएका नेपाली फूल बिक्रेता निराश देखिन्थे । तिहारमा पनि फूलको व्यापार सोचेजस्तो नभएपछि उनीहरू निराश भएका हुन् । फूल बिक्री नभएपछि व्यापारीहरू ग्राहकको पर्खाइमा हात&n...

मंसिर १३, २०८०

महिन्द्रा एण्ड महिन्द्रा (लास्ट माइल मोबिलिटी)को आधिकारिक विक्रेता अग्नि ग्रुपले इलेक्ट्रिक थ्री–ह्वीलर अटो‘ट्रियो’ नेपालका विभिन्न ठाउँमा सार्वजनिक गरेको छ ।​ महिन्द्राले छोटो सम...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x