०६ साउन २०८३, बुधबार

रास्वपा संसदीय दलको नेताबाट अर्यालको राजीनामा, रविका लागि मार्गप्रशस्त

बैशाख १६, २०८०
रास्वपा संसदीय दलको नेताबाट अर्यालको राजीनामा, रविका लागि मार्गप्रशस्त

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको नेताबाट डीपी अर्यालले राजीनामा दिएका छन् । अर्यालले शनिबार एक वक्तव्य जारी गर्दै  संसदीय दलको नेता पदबाट राजीनामा दिएको उल्लेख गरेका छन् । 
पार्टी सभापति रवि लामिछाने उपनिर्वाचनबाट पुनः निर्वाचित भएको सन्दर्भमा उनी नै संसदीय दलको नेता हुनुपर्छ भन्ने अभिमतका साथ आफूले राजीनामा दिएको अर्यालले जनाएका छन् । 

‘हालै सम्पन्न उपनिर्वाचनमा पार्टी सभापति रवि लामिछाने पुनः निर्वाचित हुनुभएको सन्दर्भमा उहाँ नै संसदीय दलको नेता हुनुपर्छ भन्ने मेरो अभिमत रहेको हुँदा मैले यो जिम्मेवारीमा नरहनु उपयुक्त हुने भएकाले आजकै मिति देखि लागू हुने गरी मैले राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेताको पदबाट राजीनामा दिएको छु’, उनले भनेका छन् । 

रवि लामिछानेले सर्वोच्चको आदेशअनुसार सांसद पद गुमाएसँगै पार्टीले अर्याललाई संसदीय दलको नेताको जिम्मेवारी दिएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्