×

NMB BANK
NIC ASIA

भारतको फड्को

आर्थिक आकर्षणको केन्द्र बन्दै भारत– शक्ति राष्ट्र र ठूल्ठूला कम्पनीको ध्यान खिच्न सफल​

बैशाख १८, २०८०

NTC
Sarbottam
भारतमा खुलेको एप्पल स्टोर | Photo : REUTERS
Premier Steels
Marvel

एप्पल कम्पनीका सीईओ टिम कूक अप्रिल महिनाको आरम्भतिर भारतमा पहिलो स्टोर खोल्न पुग्दा उनलाई भव्य स्वागत गरिएको थियो । 

Muktinath Bank

उनलाई थपडी बजाएर हर्षोल्लासका साथ स्वागत गरिएको थियो अनि पुरानो म्याकिन्तोश उपहार दिइएको थियो । उनले देशका प्रधानमन्त्री नरेन्द्र मोदी सहितका शीर्ष अधिकारीहरूसँग भेटघाट गरेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कूक सहित विश्वको शीर्ष कम्पनीका कार्यकारी अधिकृतहरू धमाधम भारत आउन थालेका छन् । विभिन्न कर्पोरेशन र सरकारहरूले भारतसँग व्यापार गर्न चासो देखाइरहेका छन् । कूकको भ्रमणको केही दिनपछि बेलायतको सफल स्यान्डविच कम्पनी प्रेट ए म्यान्गरले मुम्बईमा पहिलो आउटलेट खोलेको छ । भारतमा मध्यमवर्गको उदय भइरहेको निष्कर्ष निकाल्दै उक्त कम्पनी त्यहाँ व्यापार गर्न पुगेको हो । 


Advertisment
Nabil box
Kumari

संयुक्त राष्ट्रसंघको गणनाअनुसार, चीनलाई उछिनेर भारत विश्वमा सबभन्दा बढी जनसंख्या भएको मुलुक बनिसकेको छ । विश्व अर्थतन्त्रको प्रियपात्रका रूपमा भारतको छवि उज्यालो हुँदै गइरहेकोमा जनसंख्या वृद्धि कोशेढुंगाका रूपमा रहेको छ ।

Vianet communication
Laxmi Bank

यस जनसांख्यिक मजबुतीलाई अर्थतन्त्रले सदुपयोग गरी चीनलाई विस्थापित गर्न भारत सफल हुन्छ कि हुँदैन भन्ने विषयमा बहस हुन थालेको छ । 

एक अर्ब ४० करोड भन्दा बढी मानिसले बसोवास गर्ने भारतमा लगानी गर्नुपर्ने थुप्रै कारण छन् । हालैको भूराजनीतिक परिवर्तन पनि एक कारण हो । पश्चिमी नेताहरूले आफ्नै जस्तो मूल्यमान्यता भएका मुलुकहरूसँग आर्थिक सहकार्य बढाउन खोज्दा संसारको सबभन्दा ठूलो लोकतन्त्र भएको नाताले भारत लाभ उठाउन सक्ने हैसियतमा छ । 

केही अघिसम्म पनि धेरै मुलुक र कम्पनीहरूले चीनमा मात्र लगानी गरिरहेका थिए, दिल्ली स्कूल अफ इकोनोमिक्समा पूर्व प्राध्यापक पार्थ सेन बताउँछन् । तर पश्चिम र बेइजिङबीच तनाव बढ्दै जाँदा व्यापार विविधीकरण गर्न थालिएको छ र भारत त्यसका लागि उपयोगी मानिन थालेको उनी थप्छन् ।

भारतमा काम गर्न सक्ने उमेरका मानिसहरूको संख्या बढेर आर्थिक वृद्धिको सम्भाव्यता बनेको स्थितिलाई जनसांख्यिक लाभका रूपमा व्याख्या गरिएको छ । त्यहाँको विशाल उपभोक्ता बजार तथा सुलभ श्रमिक उपलब्धताका कारण विश्वव्यापी ब्रान्ड र व्यापारिक साझेदारहरूको थप ध्यान आकर्षण भइरहेको छ । 

भारतमा काम गर्न सक्ने उमेरका मानिसहरूको संख्या बढेर आर्थिक वृद्धिको सम्भाव्यता बनेको स्थितिलाई जनसांख्यिक लाभका रूपमा व्याख्या गरिएको छ । त्यहाँको विशाल उपभोक्ता बजार तथा सुलभ श्रमिक उपलब्धताका कारण विश्वव्यापी ब्रान्ड र व्यापारिक साझेदारहरूको थप ध्यान आकर्षण भइरहेको छ । 

आफ्नो औद्योगिक क्षेत्रलाई प्रवर्धन गर्न तथा निर्यातमा वृद्धि गर्न भारत सरकारले विभिन्न पक्षसँग निःशुल्क व्यापारिक सम्झौता गर्न खोजेको छ । त्यसलाई संसारभरि न्यानो स्वागत गरिएको छ । 

सन् २०२१ पछि भारतले अस्ट्रेलिया, संयुक्त अरब अमिरात र मौरिशससँग सम्झौता गरेको छ । उसले युरोपेली संघ, बेलायत र क्यानडासँग पनि सम्झौता गर्न खोजिरहेको छ । 

रुसले पोहोर साल युक्रेनमाथि आक्रमण गरेपछि पश्चिमसँग उसको व्यापार खस्केको छ र ऊ पनि भारतसँग सम्बन्ध बढाउन चाहन्छ । तर यो कदमलाई जोखिमपूर्ण मानिएको छ किनकि यसले नयाँ दिल्लीलाई सन्तुलन कायम गर्ने चुनौती तेर्स्याउनेछ । वाशिङटनलाई खुशी राख्दै मस्कोसँग न्यानो सम्बन्ध कायम गर्नु चुनौतीपूर्ण हुने क्यापिटल इकोनोमिक्स नामक संस्थाका अर्थशास्त्री शिलान शाहले बताए । 

अमेरिका र भारतले रक्षा र प्रविधिको क्षेत्रमा आफ्नो सम्बन्ध बलियो बनाउनका लागि हालैका महिनामा विभिन्न कदम चालेका छन् । उनीहरू दिनदिनै आक्रामक बन्दै गइरहेको चीनलाई प्रतिकार गर्न चाहन्छन् । 

गत जनवरी महिनामा ह्वाइट हाउसले भारतसँग एक सहकार्यको घोषणा गरेको थियो । त्यस सहकार्यले विभिन्न मुलुकहरूलाई कृत्रिम बौद्धिकता, सैन्य उपकरण तथा सेमीकन्डक्टरको क्षेत्रमा चीनविरुद्ध प्रतिस्पर्धा गर्न सहयोग गर्नेछ । 

अमेरिकाले त्यस सम्झौतालाई आफूहरूको लोकतान्त्रिक मूल्यमान्यता तथा संस्थाको सुदृढीकरण प्रयासका रूपमा प्रस्तुत गरेको छ यद्यपि भारतले हालैका दिनमा विपक्षी राजनीतिकर्मी तथा सञ्चारमाध्यममाथि कारवाही गरी ती मूल्यमान्यताको अवमूल्यन गरेको आरोप लगाइन्छ । 

गत फेब्रुअरी महिनामा एयर इन्डियाले अमेरिकी विमान निर्माता बोइङसँग २०० भन्दा बढी विमान किनेको थियो । बोइङको इतिहासमा यो तेस्रो सबभन्दा ठूलो बिक्री हो । अमेरिकाका राष्ट्रपति जो बाइडनले त्यसपछि अमेरिका–भारत आर्थिक साझेदारीको मजबुतीको प्रशंसा गरेका थिए ।

‘प्रधानमन्त्री नरेन्द्र मोदीसँग मिलेर म हाम्रो साझेदारीलाई थप गहिरो बनाउन चाहन्छु जबकि हामी विश्वव्यापी चुनौतीहरूको संयुक्त सामना गरिरहेका छौं,’ उनले बताएका थिए । 

त्यसको एक महिनापछि अमेरिकाकी वाणिज्यमन्त्री जिना राइमोन्डो अमेरिकी कम्पनीका वरिष्ठ कार्यकारीहरूसँग मिलेर नयाँ दिल्लीको भ्रमणमा गएकी थिइन् । त्यहाँ उनले दुवै देशका सेमीकन्डक्टर उद्योगमा लगानी गर्ने विषयमा भारतीयहरूसँग एक सम्झौता गरिन् ।

गत साता वाशिङटनस्थित भारतीय दूतावासमा बोल्दै राइमोन्डोले भनिन्, ‘आगामी वर्षहरूमा प्रविधिका दुईवटा परिस्थिति निर्माण हुनेछन् । एउटा लोकतान्त्रिक मूल्य अनुकूल हुनेछ भने अर्को प्रतिकूल ।’

भूराजनीतिसँगै भारतको आर्थिक र जनसांख्यिक आधारले विश्वको व्यापारिक चासो बढाएको हो । 

अन्तर्राष्ट्रिय मुद्रा कोषले यो वर्ष भारतको अर्थतन्त्र सबै उदीयमान र विकसित अर्थतन्त्रको भन्दा निकै वृद्धि हुने प्रक्षेपण गरेको छ । भारतको कुल गार्हस्थ्य उत्पादन ५.९ प्रतिशतले वृद्धि हुने अपेक्षा गरिँदा जर्मनी र बेलायतको अर्थतन्त्र संकुचित हुने अनि अमेरिकाको वृद्धि जम्मा १.६ प्रतिशत हुने आकलन छ । 

अहिलेको गति कायम राख्न सक्ने हो भने सन् २०२६ सम्ममा भारत जर्मनीलाई पछि पारेर विश्वको चौथो ठूलो अर्थतन्त्र बन्न सक्छ । अनि सन् २०३२ मा उसले जापानलाई तेस्रो स्थानबाट हटाउन सक्ने सेन्टर फर इकोनोमिक्स यान्ड बिजनेस रिसर्चको विश्लेषणमा उल्लेख गरिएको छ । 

भारतमा काम गर्न सक्ने मानिसको संख्या ९० करोड रहेको अर्गनाइजेशन फर इकोनोमिक कोअपरेशन यान्ड डिभलपमेन्टले सन् २०२१ मा प्रकाशन गरेको आँकडामा उल्लेख छ । आगामी केही वर्षमा भारतको कामदार शक्ति चीनको भन्दा बढी हुन सक्ने क्यापिटल इकोनोमिक्सले प्रक्षेपण गरेको छ । 

भारतको अपेक्षित वृद्धिलाई बाइडन प्रशासनले खुला दिलले स्वागत गरेको छ ।

‘हामी तपाईंको आर्थिक चमत्कारको हिस्सा बन्न चाहन्छौं,’ दक्षिण तथा मध्य एसिया मामिलासम्बन्धी अमेरिकी उपविदेशमन्त्री डोनल्ड लुले गत साता भारतीय समाचार संस्था पीटीआईलाई बताएका थिए ।

तर भारतको प्रभावशाली कुल गार्हस्थ्य उत्पादन र जनसंख्या वृद्धिको समस्याग्रस्त पाटो पनि छ । 

‘तपार्ईंले कुल गार्हस्थ्य उत्पादन वृद्धि, समग्र राष्ट्रिय आय वृद्धि लगायत सांगोपांग आँकडा हेर्नुभयो भने भारतले सामान्य प्रगति मात्र गरेको पाउनुहुन्छ,’ कोर्नेल विश्वविद्यालयमा अर्थशास्त्रका प्राध्यापक कौशिक बासुले भने । ‘भारतमा तल्लो तप्काले प्रगति गर्न सकेको छैन,’ उनले थपे, ‘रोजगारीको क्षेत्रमा भारतले उम्दा प्रदर्शन गर्न नसक्नु त्यसको प्रमुख कारण हो ।’

भारतमा बेरोजगारी दर ७.१ प्रतिशत छ र यो कोभिड महामारीअघिको भन्दा पनि बढी दर हो । रोजगारीको विषयलाई कतिपय विश्लेषकहरू टाइम बम भनेका छन् र बासुका अनुसार, यो भारतको सबभन्दा ठूलो समस्या हो । जनसंख्या बढ्दै जाँदा यो समस्या झनै चर्किन सक्छ । 

रोजगारीको समस्या समाधान गर्ने एक मात्र उपाय हो : थप कारखाना निर्माण । 

‘जनसांख्यिक सम्भाव्यता र त्यसलाई सदुपयोग गर्ने उपाय भनेको वैश्विक रूपमा प्रतिस्पर्धा गर्न सक्ने र मजदूरलाई काम दिन सक्ने उत्पादन क्षेत्र हो,’ क्यापिटल इकोनोमिक्सका सहायक अर्थशास्त्री तमाशी डि सिल्भा भन्छन् । 

‘जनसांख्यिक सम्भाव्यता र त्यसलाई सदुपयोग गर्ने उपाय भनेको वैश्विक रूपमा प्रतिस्पर्धा गर्न सक्ने र मजदूरलाई काम दिन सक्ने उत्पादन क्षेत्र हो,’ क्यापिटल इकोनोमिक्सका सहायक अर्थशास्त्री तमाशी डि सिल्भा बताउँछन् । 

सन् २०२१ सम्म उत्पादन क्षेत्रले भारतको अर्थतन्त्र वा रोजगारीमा १५ प्रतिशतभन्दा कम योगदान गर्थ्यो । क्यापिटल इकोनोमिक्सका शाहका अनुसार, वैश्विक मापदण्डमा यो निकै कम योगदान हो । 

तर वैश्विक कम्पनीहरूले नयाँ उत्पादन केन्द्रको खोजी गरिरहँदा भारतले लाभ लिन सक्छ । 

एप्पलले मुख्यभूमि चीनमा आपूर्ति शृंखला समस्या बेहोर्नुपरेपछि भारतमा उत्पादन उल्लेख्य रूपमा बढाएको छ । आफ्नो भ्रमणमा कूकले भारतभरि थप लगानी गर्ने प्रतिज्ञा गरेका छन् । 

त्यसको हप्तौंअघि फक्सकन कम्पनीका प्रमुखले प्रधानमन्त्री मोदीलाई भेटेका थिए । ताइवानको यो विद्युतीय सामग्री उत्पादन कम्पनीले एप्पललाई पनि आफ्नो सामान आपूर्ति गर्ने गरेको छ । यो कम्पनी गत वर्ष भारतमा सबभन्दा छिटो बढ्ने उत्पादकमध्ये एक थियो र यसले पनि विस्तार गर्न खोजिरहेको छ । 

‘एप्पलले भारतमा उत्पादन तथा लगानी बढाउँदा देशमा विद्युतीय बजार निर्माणमा आशा जगाएको छ र अन्य बहुराष्ट्रिय कम्पनीहरूलाई उत्प्रेरित पनि गरिरहेको छ,’ डि सिल्भाले भने ।

कम्पनीहरूले आफ्नो आपूर्ति शृंखला चीनबाट अन्तै सार्न थालेपछि भारतले लाभ लिन सक्नेछ तर यसमा अनेकौं बाधाहरू रहेको अक्सफोर्ड इकोनोमिक्सकी प्रमुख अर्थशास्त्री अलेक्जान्ड्रा हर्मान बताउँछिन् ।

कठोर श्रमिक कानून, उच्च आयात कर तथा ढुवानीको चुनौती बाधाका रूपमा रहेको उनको भनाइ छ ।

भारतले प्रविधिको निर्यात हालैका वर्षमा बढाउँदै गएको छ तर पश्चिमको व्यापार विविधीकरणबाट ताइवान र भियतनाम जस्ताले बढी फाइदा उठाइरहेका छन् । 

पूर्वाधारमा सुधार गरेको भए पनि भारतमा ढुवानी खर्च चीन, दक्षिण कोरिया, जापान, मलेसिया र थाइल्यान्डको भन्दा बढी रहेको विश्व बैंकको आँकडा छ । 

कोर्नेलका बासु सरकारले उत्पादन क्षेत्रको रोजगारी सिर्जना गरी बढिरहेको श्रमिक संख्यालाई काम दिने गरी योजना बनाउनुपर्ने बताउँछन् । 

‘सही कदम चाल्नुभयो भने जनसंख्याले लाभ दिन्छ,’ उनले बताए, ‘गलत कदम चालेमा चाहिँ भारतीय अर्थतन्त्रका लागि अत्यन्तै चिन्ताको विषय बन्नेछ ।’

सीएनएन डट्कममा प्रकाशित मिशेल टोह र हान्ना जियादीको सामग्री लोकान्तरका लागि विन्देश दहालले अनुवाद गरेका हुन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

बैशाख ११, २०८१

फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x