
मानव अधिकार तथा शान्ति समाजले ३० औँ विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा ‘प्रेस स्वतन्त्रता र व्यावसायिक नैतिकताको मुद्दा’ शीर्षकमा विभिन्न कार्यक्रम गरेको छ ।
शान्ति समाजका काठमाडौं, पाल्पा, दाङ, सुर्खेत, चितवन, नवलपुर, गोरखा र मोरङ शाखाको आयोजनामा छट्टाछुट्टै अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको कार्यक्रम अधिकृत सरिता पौडेलले जानकारी दिइन् ।
कार्यक्रममा शान्ति समाजका तर्फबाट तीन पृष्ठको अवधारणा पत्र प्रस्तुत गरी सरकारलाई प्रेस स्वतन्त्रता प्रतिको आफ्नो प्रतिबद्धताको सम्मान गर्न स्मरण गराइएको छ ।
व्यावसायिक नैतिकताको उच्चतम मापदण्ड कायम गर्न सम्बद्ध सबैलाई समाजले कार्यपत्रमार्फत आग्रह गरेको छ ।
यसैगरी राज्य, सञ्चार जगतबाट श्रमजीवी पत्रकारको अधिकार संरक्षणका लागि थप प्रतिवद्धतासहित विशेष योजनाको खाँचो शान्ति समाजले औंल्याएको छ ।
प्रेस स्वतन्त्रता दिवसका दौरान विश्वभरि कर्तव्य पालनाका क्रममा जीवन गुमाउन पुगेका पत्रकारप्रति श्रद्धाञ्जली अर्पण गरिन्छ।