२२ असार २०८३, सोमबार

सर्बियाको विद्यालयमा गोलीकाण्ड, आठ विद्यार्थीको मृत्यु

बैशाख २०, २०८०
सर्बियाको विद्यालयमा गोलीकाण्ड, आठ विद्यार्थीको मृत्यु

युरोपेली मुलुक सर्बियाको राजधानी बेलग्रेडमा रहेको एक विद्यालयमा बुधवार गोलीकाण्ड हुँदा आठजना बालबालिकाको मृत्यु भएको छ ।

घटनामा एक सुरक्षागार्ड पनि मारिएको सर्बियाको सरकारी समाचार संस्था तानजुगले खबर दिएको छ । 

अन्य ६ बालबालिका र एक शिक्षकलाई अस्पतालमा भर्ना गरिएको छ । 

त्यही विद्यालयमा पढ्ने १४ वर्षका एक बालकले गोली चलाएका हुन् । उनलाई पक्राउ गरिएको सर्बियाको गृह मन्त्रालयले जानकारी दिएको छ । 

घटना स्थानीय समयअनुसार बिहान ८ः४० मा भएको हो । भ्लादिस्लाभ रिब्निकार इलेमेन्टरी स्कूलमा घटना भएको हो । 
 

salt training

कमेन्ट गर्नुहोस्