
डिभी अर्थात अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसाको नतिजा अमेरिकाले शनिबार प्रकाशित गर्ने भएको छ । शनिबार राति ९ः४५ मा नतिजा सार्वजनिक हुन लागेको हो ।
डिभी भर्दा प्राप्त कम्फर्मेसन कोड नम्बरका आधारमा अमेरिका जाने चिट्ठा पर्यो कि परेन भन्ने थाहा हुने अमेरिकन डिभी शाखाले जानकारी दिएको छ ।
गत वर्ष खुलाइएको डिभीका लागि नेपालबाट हजारौँले भरेका छन् ।