
शहीद स्मारक 'ए' डिभिजन लिग फुटबलअन्तर्गत आज (शनिबार) तीन खेल हुँदैछन् । आज हुने तीन खेलमध्ये दुई खेल दशरथ रंगशाला र एक खेल च्यासल मैदानमा हुनेछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो ३ बजे हुने पहिलो खेलमा रोयल ब्लु सातदोबाटो युथ क्लब र मनाङ मर्स्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
रंगशालामा साँझ ६ बजे शुरू हुने दोस्रो खेलमा थ्री स्टार क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
यस्तै च्यासल मैदानमा दिउँसो ३ बजे चर्च ब्वाइज युनाईटेड र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ ।