कात्तिक १८, २०८०
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
संघीय संसदको बजेट अधिवेशनलाई प्रभावकारी बनाउने विषयमा सत्ता गठबन्धनमा छलफल भएको छ । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा आइतबारदेखि सुरु हुने संघीय संसदको बजेट अधिवेशनलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।
सदनलाई व्यवस्थित रुपमा कसरी अघि बढाउने र सरकारका तर्फबाट लिइनुपर्ने पहलकदमीका विषयमा बैठकमा छलफल भएको उनको भनाइ छ । भोलिकै बैठकमा सरकारको सिद्धान्त र प्राथमिकताका विषय प्रस्तुत गर्ने कार्यक्रम रहेकाले सो विषयमा समेत बैठकमा छलफल भएको उनको भनाइ छ ।
उनले सरकारले अहिले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था नरहेको पनि जिकिर गरे । यसअघि विश्वासको मत लिने क्रममा प्रधानमन्त्रीले विभिन्न विधेयकहरुको प्राथमिकताका बारेमा कुरा गरेको उल्लेख गर्दै पाण्डेले जसअनुसार आवश्यक कानुनहरुलाई अघि बढाउन बैठकमा छलफल र परामर्श भएको बताए ।
परामर्शका क्रममा वरिष्ठ अभिवक्ताहरुलाई बैठकमा बोलाइएको जानकारी दिँदै उनले भने, ‘नागरिकता विधेयकलाई कसरी व्यवस्थित गर्ने, संघीय शिक्षा ऐन कसरी अघि बढाउने, निजामती विधेयकलाई कसरी अघि बढाउने, प्रधानन्यायाधीशको समस्या कसरी हल गर्ने भन्नेबारे वरिष्ठ कानुनविज्ञहरुसँग छलफल भएको छ ।’ उनले विषयगत समितिलाई प्रभावकारी बनाउने विषयमा पनि बैठकमा चर्चा भएको उल्लेख गरे ।
सुशासनको सवालमा सरकारले चालेको कदमको स्वागत गर्दै बैठकले यो विषयलाई दृढतापूर्वक अघि बढाउन आग्रह गरेको छ । नक्कली शरणार्थीको विषयमा सरकारले कदम चालेर सुशासनको सवालमा आफूलाई प्रमाणित गर्न खोजेको पाण्डेको भनाइ थियो ।
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...