०६ असार २०८३, शनिबार

ज्येष्ठ र अपाङ्गता भएका पत्रकारका लागि जीवन निर्वाह भत्ताको व्यवस्था हुने

बैशाख २४, २०८०
ज्येष्ठ र अपाङ्गता भएका पत्रकारका लागि जीवन निर्वाह भत्ताको व्यवस्था हुने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षाको सुनिश्चितताका लागि पूर्ण रुपमा प्रतिवद्ध रहेको बताएका छन् । 
आइतबार राष्ट्रिय पत्रकारिता पुरस्कार वितरण समारोहलाई सिंहदरबारमा सम्बोधन गर्दै उनले सरकारले सञ्चार क्षेत्रको व्यावसायिक र संस्थागत विकासका लागि मिडियालाई राष्ट्रिय सेवामूलक उद्योग सरह नै मान्यता प्रदान गरी संरक्षण र समर्थन गर्ने नीति लिएको बताए । 

उनले सबै प्रकारका सञ्चारमाध्यमको संस्थागत तथा भौतिक सुरक्षाको प्रत्याभूति गर्ने सञ्चार क्षेत्रका समस्या समाधान गर्न सकारात्मक पहल भइरहेको बताए । 
 प्रधानमन्त्री दाहालले सरकारले प्रवाह गर्ने सबै सरकारी विज्ञापन, विज्ञापन बोर्डमार्फत न्यायिक ढंगले वितरण गर्ने व्यवस्था मिलाउन लागेको बताए । उनले ज्येष्ठ पत्रकार र अपाङ्गता भएका पत्रकारहरूको लागि जीवन निर्वाह भत्ताको व्यवस्था मिलाउन लागेको सो क्रममा जानकारी दिए । 

प्रधानमन्त्री दाहालले सामाजिक न्याय, सुशासन र सम्बृद्धिलाई नै सरकारको उच्च प्राथमिकतामा राखेको बताए ।  

salt training

कमेन्ट गर्नुहोस्