२६ असार २०८३, शुक्रबार

१७ वर्षीया किशोरीलाई  जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

बैशाख २५, २०८०
१७ वर्षीया किशोरीलाई  जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिराटनगर महानगरपालिका-८ हाटखोला बस्ने २४ वर्षीय  प्रवेश बस्नेत रहेका छन् । उनलाई  सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो । 
बेलबारी नगरपालिका-७ स्थित मकै बारीमा ती किशोरीलाई पैसा दिन्छु भन्दै प्रलोभनमा पारी बस्नेतले जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्