३० असार २०८३, मंगलबार

मुगु हिमपहिरोमा पुरिएकाको खोज उद्धार अझै हुन सकेन

बैशाख २६, २०८०
मुगु हिमपहिरोमा पुरिएकाको खोज उद्धार अझै हुन सकेन

यही वैशाख २२ गते मुगु कार्मारोङ गाउँपालिका–२ मुगुको च्यार्खु लेकमा हिउँ पहिरोमा पुरिएकाको खोज उद्धार हुन सकेको छैन । 

उक्त घटनामा पातारासी गाउँपालिका–२ जुम्ला तल्फीगाउँका ३६ वर्षीय पुन्न सार्कीका हिउँमा पुरिएर मृत्यु भएको र ४० वर्षीय तारासिंह सार्की तथा ३६ वर्षीय वीरबहादुर बोहोरा बेपत्ता भएका थिए । कर्णाली प्रदेश सरकारले सोमबारदेखि खोज उद्धार टोली मुगु कार्मारोङ गाउँपालिकामा सोमबार पु¥याए पनि मृतकको शव पत्ता लगाउन सकिएको छैन । 

सशस्त्र प्रहरीको १०, नेपाल प्रहरीको ११ र दुई जना घटनाका प्रत्यक्षदर्शी गरेर २३ जनाको टोली घटनास्थलमा पुगेको तर उनीहरू नै जोखिम अवस्थामा रहेको कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय, विपद् शाखाका प्रमुख कृष्णबहादुर रोकायले जानकारी दिए । 

“सुर्खेतबाट मुगु गमगढी हुँदै सुरक्षाको खोज तथा उद्धार टोलीलाई मुगुमा कार्मारोङ गाउँपालिका पु¥याइएको छ”, उनले भने, “उनीहरू भएको ठाउँबाट घटनास्थलमा पैदल जान अझै पाँच घण्टा लाग्दो रहेछ ।” हिमपात बढी र भौगोलिक कठिनाइका कारण उद्धार कार्य जटिल बनेको शाखा प्रमुख रोकायले बताए ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले सुरक्षा टोली सोमबारदेखि खोज उद्धारमा लागेको यद्यपि हराएको भनिएको ठाउँमा दश फिट जति हिमपात भएकाले हराएका भेट्टाउन नसकिएको बताए । 

जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापाले खोज उद्धार भइरहे पनि घटनास्थल सोली आकारको भएकाले घाम लाग्दा पग्लेर हिउँपहिरो थपिरहँदा समस्या भएको बताए । 

salt training

कमेन्ट गर्नुहोस्