
पूर्वगृहमन्त्री एवं पार्टी केन्द्रीय सदस्य बालकृष्ण खाँण पक्राउ परेपछि नेपाली सभापति शेरबहादुर देउवाले पदाधिकारीको आकस्मिक बैठक बोलाएका छन् ।
५ बजे आफ्नै निवास धुम्बाराही बस्ने गरी देउवाले आकस्मिक बैठक बोलाएको कांग्रेस स्रोतले जानकारी दियो ।
‘बैठक बस्ने अगाडि तय थिएन । तर पार्टीका जिम्मेवार नेता नै शरणार्थी ठगी प्रकरणमा पक्राउ परेपछि पार्टी पदाधिकारीको आकस्मिक बैठक बोलाइएको छ’ कांग्रेसका एक पदाधिकारी निकट स्रोतले लोकान्तरलाई भन्यो ।
खाँण आज बिहान आफ्नै निवासबाट पक्राउ परेका थिए ।
यसै विषयसहितमा छलफल गर्न देउवाले पदाधिकारीको बैठक बोलाएका हुन् ।