×

NIC ASIA

नक्कली शरणार्थी प्रकरणमा आईजीपी भन्छन् – हामी खुट्टा कमाउँदैनौं

बैशाख २७, २०८०

Prabhu Bank
NTC
Premier Steels

नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई पक्राउ गर्न प्रहरी खुट्टा नकमाउने बताएका छन् । ‘दोषी जो कोही भए पनि उनीहरूलाई पक्राउ गर्न प्रहरी पछि हट्दैन,’ आईजीपी कुँवरले लोकान्तरसँगको संक्षिप्त प्रतिक्रिया दिँदै भने ।

Muktinath Bank

प्रमाणले भेटेका जो कोहीलाई पनि कानूनको दायरामा ल्याउने उनकाे भनाइ छ । सत्य तथ्य र स्वतन्त्र प्रमाणहरूले पुष्टि हुने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको र अब पनि प्रमाणले भेटेका कसैलाई पनि पक्राउ गर्न प्रहरी खुट्टा नकमाउने आईजीपी कुँवरले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘अझै पनि त्यसमा संलग्नहरूको बारेमा थप विषय खुल्ने क्रम जारी छ । त्यसै अनुसार अभियोजन पनि हुन्छ,’ आईजीपी कुँवरले लोकान्तरसँग भने ।


Advertisment
Nabil box
Kumari

प्रहरीले आज (बुधवार) बिहान पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई पक्राउ गरेको छ ।

Vianet communication

उनलाई काठमाडौं प्रहरी परिसर र अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले पक्राउ गरेको थियो । पूर्वगृहमन्त्री खाँणलाई काठमाडौं जिल्ला अदालतले ३ दिन हिरासतमा राख्न अनुमति दिएको छ । उनीसँगै उनका निजी सचिव नरेन्द्र केसीलाई पनि पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले अहिलेसम्म १२ जनालाई पक्राउ गरिसकेको छ । पूर्व उपप्रधान मन्त्री टाेपबहादुर रायमाझी फरार छन् ।

तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार केशव दुलाल, सानु भण्डारी, सागर थुलुङ राई, टंक गुरुङ, सन्देश शर्मा पोखरेल, टेकनारायाण पाण्डे र सन्दीप रायमाझी प्रहरीको हिरासतमा छन् ।

अहिलेसम्म उनीहरूविरुद्ध २० वटा जाहेरी परेको छ । १ सय ५४ जना पीडित प्रहरीको सम्पर्कमा आएका छन् ।

प्रहरीले केशव शर्मा, ललितपुर महानगरपालिका–२३ का ५० वर्षीय सानु भण्डारी, मोरङ पथरी शनिश्चरे नगरपालिका–१० का ४९ वर्षीय केशवप्रसाद दुलाल र पाँचथर फिदिम नगरपालिका–७ का ४५ वर्षीय टंककुमार गुरुङलाई २०७९ चैत १३ गते सार्वजनिक गरेको थियो ।

८१ जना पीडितहरूबाट १३ करोड ६३ लाख रूपैयाँ ठगी गरेको उजुरी परेको आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेर सार्वजनिक गरेको हो । 

बयानका क्रममा उनीहरूले दिएको प्रमाणका आधारमा लिस्ट बनाएर अन्यलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

चैत १६ गते थप ५० जनाबाट ३ करोड २४ लाख रूपैयाँ ठगी गरेको भन्दै मोरङ पथरी शनिश्चरे नगरपालिका–१० का ४४ वर्षीय सागर राईलाई पक्राउ गरेको थियो । अपराध अनुसन्धान कार्यालयका अनुसार नक्कली भुटानी शरणार्थी प्रकरणमा २०७९ जेठ १८ गते रामकुमार रेग्मी र गजेन्द्र बुढाथोकीले उजुरी दिएका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x