०६ साउन २०८३, बुधबार

स्वास्थ्य बिमाको उपचार सरल बनाउनुपर्छ : मन्त्री बस्नेत

बैशाख २७, २०८०
स्वास्थ्य बिमाको उपचार सरल बनाउनुपर्छ : मन्त्री बस्नेत

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य बिमा कार्यक्रमको उपचार पद्धति सरल बनाउनुपर्ने बताएका छन्।

मन्त्रालयमा आयोजित पत्रकारसँग कुराकानी गर्दै उनले स्वास्थ्य बिमा कार्यक्रम कार्यान्वयन प्रभावकारी बनाएर उपचार पद्धति सरल बनाइने बताए।  “स्वास्थ्य बिमा कार्यक्रममा एकरूपता पनि भएन”, उनले भने, “जुन ढङ्गले बिमा कार्यक्रम लागू हुनुपर्ने हो, त्यो भएन । अब बिमा कार्यक्रमलाई प्रभावकारीरूपमा कसरी कार्यन्वयन गर्ने भन्नेमा सम्बन्धित पक्षसँग कुरा गरिरहेको छु ।”

मन्त्री बस्नेतले राज्य स्वास्थ्य क्षेत्रमा लगानी गरेअनुसार प्रतिफल नपाएकोसमेत बताए ।

मन्त्री बस्नेतले स्वास्थ्य नीति राम्रो बनाउन सके दातृ निकायले पनि लगानी गर्ने बताए । 

salt training

कमेन्ट गर्नुहोस्