०३ साउन २०८३, आइतबार

अनुसन्धान परिपक्व भएपछि कांग्रेसले बालकृष्ण खाँणको निलम्बनबारे निर्णय लिने

बैशाख २७, २०८०
अनुसन्धान परिपक्व भएपछि कांग्रेसले बालकृष्ण खाँणको निलम्बनबारे निर्णय लिने

नेपाली कांग्रेसले अनुसन्धान परिपक्व भएपछि पूर्वगृहमन्त्री तथा नेता बालकृष्ण खाँणको निलम्बनबारे निर्णय लिने भएको छ । बुधबार बसेको पदाधिकारी बैठकमा खाँणले अनुसन्धानलाई सघाइरहेकाले उनलाई पार्टीबाट निलम्बन गर्ने विषयमा  निर्णय गर्न आवश्यक नदेखिएको प्रवक्ता प्रकाशशरण महतले बताए । 

‘उहाँले अनुसन्धानलाई सहयोग गरिरहनु भएको छ।  अनुसन्धान निष्पक्ष रुपमा होस् भन्ने चाहन्छौं’, महतले भने । बुधबारमात्रै नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको आरोपमा प्रहरीले खाँणलाई नियन्त्रणमा लिएको थियो । उनलाई नियन्त्रणमा लिएसँगै बसेको पदाधिकारी बैठकमा निलम्बनबारे छलफल भएपछि कुनै निर्णय भने नगरिएको हो । खाँण अहिले पार्टीको केन्द्रीय सदस्यको भूमिकामा रहेका छन् । 

महतले पहिला अनुसन्धान प्रक्रिया परिपक्व बन्नुपर्ने र त्यसपछि पार्टीले आवश्यकताअनुसार निर्णय लिने बताए । अर्का आरोपी एमालेका सचिव टोपबहादुर रायमाझी फरार रहेकाले सो पार्टीले निलम्बन गरेको हुनसक्ने बताउँदै महतले खाँणको हकमा भने त्यस्तो नभएको बरु अनुसन्धानलाई सघाइरहेको बताए । 

उनले बैठकमा भ्रातृ संगठन, विभागको गठन लगायतका विषयमा समेत छलफल भएको बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्