
पूर्वराजा ज्ञानेन्द्र शाह र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबीच बुधबार भेटवार्ता भएको छ ।
लखनउमा भएको भेटवार्तामा समसामयिक विषयमा कुराकानी भएको बताइएको छ । पूर्व राजपरिवारका सदस्यहरु समेत सम्मिलित उक्त भेटवार्ता सौहार्दपूर्ण वातावरणमा भएको पूर्वराजाको संवाद सचिवालयले जनाएको छ ।