३१ असार २०८३, बुधबार

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, १० एजेण्डा तय

बैशाख २८, २०८०
एमाले केन्द्रीय कमिटी बैठक बस्दै, १० एजेण्डा तय

नेकपा एमालेको  केन्द्रीय समिति बैठक बिहीबारदेखि सुरु हुँदैछ । पार्टी कार्यालय च्यासलमा बस्ने बैठकका लागि यसअघि नै १० एजेण्डा तय भइसकेको छ । वैशाख २६ मा बसेको सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकमा छलफलका लागि १० वटा एजेन्डा तय गरेको हो । 

जसअनुसारबैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत हुनेछ । साथै चौथो केन्द्रीय कमिटी बैठक यताका विभिन्न निर्णयहरू अनुमोदन गरिने छ ।

यस्तै, बैठकमा केन्द्रीय आयोगका प्रमुखहरूको प्रतिवेदन प्रस्तुत, मिसन ग्रासरुटको समीक्षा, प्रदेश कमिटीको वार्षिक कार्ययोजना, स्थायी कमिटीको बैठक र वार्षिक कार्ययोजना, कार्य विभाजन, पार्टी प्रवेशीको व्यवस्थापन र समसामयिक विषयमा छलफल हुने प्रचारविभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।  म

salt training

कमेन्ट गर्नुहोस्