२८ असार २०८३, आइतबार

इजरायलले गाजापट्टीमा गरेको आक्रमणमा २७ जनाको मृत्यु

बैशाख २८, २०८०
इजरायलले गाजापट्टीमा गरेको आक्रमणमा २७ जनाको मृत्यु

इजरायली सेनाले गाजापट्टीमा गरिरहेको आक्रमणका कारण अहिलेसम्म २७ जना प्यालेस्टाइनीको मृत्यु भइसकेको अल जजीराले खबर दिएको छ । 

मृत्यु हुनेमध्ये धेरैजसो महिला र बालबालिका छन् ।

७६ जनाभन्दा बढी घाइते भएका छन् र तीमध्ये अधिकांशलाई गम्भीर चोटपटक लागेको छ । 

आफूहरूले इस्लामिक जिहाद नामक समूहका कमान्डरलाई लक्षित गरी हवाई आक्रमण गरेको इजरायली सेनाले जनाएको छ । अली गाली नामक ती कमान्डर एउटा अपार्टमेन्टमा लुकेर बसेको र उक्त समूहका अन्य दुई लडाकू पनि उनीसँगै रहेको बेलामा मारिएको इजरायली सेनाको भनाइ छ । 

गालीले हालैका महिनामा इजरायलमा रकेट आक्रमण गराएको बताइन्छ । 

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले टीभीमार्फत सम्बोधन गर्दै लडाकूहरूमाथि कठोर कारवाही गरिएको बताए । आक्रमणको यो चरण अझै नसकिएको उनको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्