१२ असार २०८३, शुक्रबार

बागलुङका पत्रकारद्वय खत्री र बोहोरा पुरस्कृत

बैशाख ३१, २०८०
बागलुङका पत्रकारद्वय खत्री र बोहोरा पुरस्कृत

प्रेस सेन्टर नेपाल बागलुङ शाखाले आफ्नो १५औं वार्षिक साधारण सभाका अवसरमा शनिवार जिल्लाका २ क्रियाशील पत्रकारलाई पुरस्कृत गरेको छ ।

शाखामा स्थापित ‘भक्त–जगतकुमारी स्मृति पुरस्कार’ सामुदायिक रेडियो गलकोटका स्टेसन प्रमुख जीवनखला खत्री ‘सरिता’ र ‘श्याम–चन्द्रकली स्मृति पुरस्कार’ ढोरपाटन दैनिकका कार्यकारी सम्पादक रामकृष्ण बोहोरालाई प्रदान गरिएको हो ।

सेन्टरका केन्द्रीय महासचिव सन्तोष पौडेल र जिल्ला शाखाका अध्यक्ष थम्मन थापाले पत्रकारद्वयलाई नगदसहित दोसल्ला र पुरस्कारको प्रमाणपत्र प्रदान गरेका थिए । दुवै पुरस्काको राशि १० हजार रुपैयाँ रहेको छ । 

गलकोट–७ मल्म निवासी हर्क थापा र विकास खड्का ‘सुन्दर’ले आफ्ना दिवङ्गत बुवाआमा भक्तबहादुर/जगकुमारी र श्यामबहादुर/चन्द्रकलीको स्मृतिमा पुरस्कार कोष स्थापना गरेका थिए ।

विक्रम संवत् २०७८ कात्तिकमा भएको सेन्टरको पाँचौं जिल्ला सम्मेलनमा घोषणा भएका दुवै पुरस्कार पहिलोपटक पत्रकार खत्री र बोहोरालाई समर्पण गरिएको हो । सेन्टरले निष्पक्ष, व्यावसायिक र खोजमूलक पत्रकारिता गरिरहेकामध्ये उत्कृष्ट २ जनालाई बर्सेनि पुरस्कृत गर्ने जिल्ला शाखाका अध्यक्ष थम्मन थापाले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्