२० असार २०८३, शनिबार

पोखरेबगर–चित्रे सडक कालोपत्र हुँदै

पोखरेबगर–चित्रे सडक कालोपत्र हुँदै
प्रतिकात्मक तस्वीर

म्याग्दीस्थित गण्डकी प्रदेशकै प्रमुख पर्यटकीयस्थल घोडेपानी जोड्ने पोखरेबगर–चित्रे सडक कालोपत्र गर्न थालिएको छ । 

मार्ग खुलेको करीब १५ वर्षपछि सडक कालोपत्र हुन थालेपछि स्थानीयवासी उत्साहित भएका छन् ।

१८ किलोमिटर ५४० मिटर दूरीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि घार–खिवाङ–शिख–फलाते हुँदै पर्यटकीय बस्ती घोडेपानी नजिकको चित्रे जोड्ने सडक निर्माण गर्न तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले विक्रम संवत् २०७५ मंसिरमा ठेक्का सम्झौता गरेको थियो । 

प्राधिकरण खारेज भएपछि शहरी विकास मन्त्रालय अन्तर्गतको स्थानीय पूर्वाधार विकास कार्यालय कास्कीमा हस्तान्तरण भएको आयोजना निर्माणका लागि मोतीदान–जयमाता जेभीले २७ करोड ९१ लाख ३५ हजार रुपैयाँमा ठेक्का लिएको थियो । आयोजनाका इन्जिनीयर विवेक पौडेलले सडक विस्तार, नाली, पर्खाल निर्माणलगायत संरचना बनाउने, बेस, सब बेस राख्ने काम सकिएपछि कालोपत्र गर्न थालिएको बताए । 

‘खिवाङ–शिख खण्डमा प्राइम कोड बिछ्याउने काम भइरहेको छ, अर्को चरणमा घार खण्डमा र त्यसपछि फलाते–चित्रे खण्डमा प्राइम कोड बिछ्याउने कार्यतालिका छ,’ उनले भने, ‘प्राइमकोड राखेपछि २ चरणमा डीबीएसडी प्रविधिको कालोपत्र हुन्छ ।’

विक्रम संवत् २०७७ जेठ २२ गते सक्ने सम्झौता भएको आयोजनाका निर्माण व्यवसायीले पर्याप्त मजदुर र उपकरण परिचालन गर्न नसक्नु, कमजोर भूबनोट, प्राकृतिक विपत्ति, कोरोना महामारी लगायतका कारणले लक्ष्यभन्दा ३ वर्षपछि सकिन लागेको हो । 

सडक निर्माणले पूर्णता र कालोपत्र हुन थालेपछि आशा जागेको शिखका स्थानीयवासी सुरेन गुरुङले बताए । शिख, घारका २ हजार ५०० घरधुरी र दैनिक सयौंको संख्यामा गाडी तथा मोटरसाइकलमा घोडेपानी जाने आउने पर्यटकलाई यो सडकले सुविधा पुग्ने र सहज हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्