२७ असार २०८३, शनिबार

बार्सिलोनाले ला लिगा जितेपछि खेलाडीहरूलाई लखेटे इस्पान्योलका समर्थकले (भिडियो)

जेठ १, २०८०
बार्सिलोनाले ला लिगा जितेपछि खेलाडीहरूलाई लखेटे इस्पान्योलका समर्थकले (भिडियो)

बार्सिलोनाले आइतवार राति इस्पान्योलमाथि ४–२ गोलको अन्तरले खेल जितेसँगै यस सीजनको ला लिगा उपाधि जितेको छ । 

जाभी हर्नान्डेजको व्यवस्थापनमा रहेको बार्सिलोनाले २७औं पटक ला लिगा जितेपछि रिसाएका इस्पान्योलका प्रशंसकहरूले मैदानमा दौडेर बार्साका खेलाडीहरूलाई लखेटेका थिए । सुरक्षाका लागि बार्साका खेलाडीहरू टनलतर्फ भागेका थिए । 

बार्सिलोनाले आरसीडीई स्टेडियममा खेल सकिएपछि खुशियाली मनाउँदै गर्दा इस्पान्योलका लगभग १०० प्रशंसकहरू मैदानमा पसेका थिए । 

त्यसपछि बार्सिलोनका खेलाडीहरू टनलतर्फ दौडेका थिए । प्रशिक्षक जाभीले आफ्ना खेलाडीहरूलाई अर्काको स्टेडियममा मर्यादित रहन भनेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्