काठमाडौं, २० भदौ- सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो ६१ औं शाखा नवलपरासीको भूमहीमा स्थापना गरेको छ । बैंकले भदौ १९ गते सोमबारदेखि भुमहीमा कारोबार शुरु गरेको हो । बैंकले यसअघि छहरामा ६० औं शाखा स्थापना गरेको थियो ।
बेंकले ५९ वटा ए.टि.एम. काउन्टर र ९७ वटा शाखारहित आधुनिक बैंकिङ्ग सेवाहरुबाट करिव ३ लाख ५० हजार ग्राहकहरु लाई सेवा प्रदान गर्दै जनाएको छ । उद्घाटन समारोहमा बैंकले सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत जिल्लास्थित वाकवाणि माध्यमिक विद्यालयलाई १ थान कम्प्यूटर हस्तान्तरण गरेको छ भने, रामनगर बजार विकास समितिलाई १५ थान डस्टबीन पनि उपलब्ध गराईएको छ ।
बैंकका नायब कार्यकारी अधिकृत गणेश राज पोखरेलको प्रमुख आतिथ्यतामा सम्पनन उद्घाटन समारोहमा जिल्लाका उच्च पदस्थ सरकारी कर्मचारी, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो ।