×

साबुनका कारण मानिसको शरीरमा लामखुट्टे आकर्षित हुने अनुसन्धानको निष्कर्ष

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ । 

Laxmi Bank

झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम । 


Advertisment

वैज्ञानिकहरूले कारण पत्ता लगाएका छन् । 
मानिसले शरीरमा दलेको साबुनले यो कुरा निर्धारण गर्ने वैज्ञानिकहरूको भनाइ छ । 


Advertisment

आईसाइन्स नामक जर्नलमा प्रकाशित एक अध्ययनअनुसार, कुनै साबुनले लामखुट्टेलाई आकर्षित गर्छन् भने अन्यले लामखुट्टेलाई विकर्षित गर्छन् । 

कुनै व्यक्तिको शरीरको आफ्नै गन्ध कस्तो छ अनि उसले कस्तो साबुनले नुहाएको हो भन्ने कुराले लामखुट्टेलाई टोक्न आकर्षित गर्छ । 

यस अध्ययनका लागि चारजना स्वयंसेवीहरूलाई फरक फरक ब्रान्डका साबुनले नुहाउन लगाइएको थियो । डायल, डोभ, नेटिभ र सिम्पल ट्रुथ यी फरक साबुन उपयोग गरी ती व्यक्तिहरूले नुहाएका थिए । 

त्यसपछि ती व्यक्तिहरूको शरीरबाट आफ्नै किसिमको गन्ध निस्कियो । तीमध्ये कुनै गन्धप्रति लामखुट्टेहरू बढी आकर्षित भए । विशेष साबुनले नुहाउँदा स्वयंसेवीको शरीरको गन्धमा उल्लेख्य परिवर्तन आयो । 

मानिसको शरीरको आफ्नै गन्धसँग साबुनको गन्ध समेत मिसिएको आधारमा लामखुट्टे आकर्षित हुने कुरामा सरुवा रोग विशेषज्ञ लुइसा मेसेन्जर पनि विश्वस्त छिन् । व्यक्तिको गन्धले लामखुट्टे आकर्षित हुने नहुने कुरामा पहिले पनि अध्ययनहरू भइसकेका छन् तैपनि यस विषयमा अझै धेरै कुरा बुझ्न बाँकी छ । 

मेसेन्जरका अनुसार, लामखुट्टेहरूले फूलको गन्ध मन पराउँछन् किनकि भाले लामखुट्टेले फूलको पराग खाने गर्छन् । मानिसलाई टोक्ने भनेको पोथी लामखुट्टेले हो । त्यसैले फूलको गन्ध आउने साबुन र बढी वाश उपयोग गर्दा लामखुट्टेहरू आकर्षित हुन्छन् ।

भदौ ५, २०८१

विवाह गर्न अस्वीकार गरेपछि २६ वर्षीया युवतीले आफ्नो प्रेमीको गोप्य भाग ( गुप्तांग) काटिदिएकी छन् । प्रेमीले विवाह गर्न अस्वीकार गरेपछि ती युवतीले चक्कु प्रयोग गरी गोप्य अंग काटिदिएकी हुन् । १६ अगस्टमा भएको घट...

साउन ११, २०८१

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

बैशाख २३, २०८१

इरानमा अचम्मको घटना भएको छ । माछाको वर्षा भएको हो । इरानका सडकमा आकाशबाट माछाको वर्षा भइरहेको भिडियोमा देख्न सकिन्छ । इरानका सडक माछामय भएका छन् ।  ती माछा जिउँदै जमिनसम्म आइपुगेका छन् । ती चल्मल...

असोज १, २०८१

प्रेमी-प्रेमिकाबीच फोनमा घण्टौं कुराकानी भएको त सुन्नु/देख्नु भएकै होला । उनीहरूबीच बारम्बार फोन संवाद हुनु पनि स्वाभाविक र सामान्यजस्तै नै भयो । तर, एउटा श्रीमानले श्रीमतीलाई दैनिक सयौं पटक फोन गरेको सुन्नुभए...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

साउन २१, २०८१

समाजमा आम युवा/युवतीलाई सोधिने केही समान प्रश्न छन्, जसको जवाफ दिँदादिँदै उनीहरू थाकिसकेका हुन्छन् ।  जस्तै, तपाईं कति कमाउनुहुन्छ? तपाईं कति वर्षको हुनुभयो ? तपाई कहिले बिहे गर्दै हुनुहुन्छ ? तर, बा...

शुभ विजया !

शुभ विजया !

असोज २६, २०८१

आज विजया दशमी । नेपालीहरूको महान् चाड दशैं पर्वको अन्तिम दिन । मान्यजनहरूबाट माता भगवतीको प्रसाद टीका तथा जमरा र आशीष थाप्ने दिन । कतै–कतै यसपछि आउने पूर्णिमासम्म पनि टीका लगाएर आशीष लिने गरिन्छ ...

निर्दोष पशुपक्षीको सम्मानमा

निर्दोष पशुपक्षीको सम्मानमा

असोज २१, २०८१

यतिबेला हाम्रो घरआँगनमा नवरात्र पर्व चलिरहेको छ । यही असोज १७ गतेबाट शुरू भएको यो पर्व २६ गतेसम्म रहनेछ । यस पर्वमा खासगरी पशुपक्षीको बलि बढी हुने गर्छ । त्यसैले हुनुपर्छ, केही दिनयता मुहारपुस्तिकाका भित्ताहरू...

बडादशैं, झूटको साम्राज्य र निरीह राज्य

बडादशैं, झूटको साम्राज्य र निरीह राज्य

असोज २०, २०८१

सत्य घरबाट निस्किँदा झूटले आधासंसार भ्रमण गरिसक्छ । – विस्टर्न चर्चिल, बेलायती पूर्व प्रधानमन्त्री  बडा दशैं शुरू भैसकेको छ । प्राकृतिक विपत्तिले देशका विभिन्न भागको जनजीवन सामान्य हुन केही समय लाग्न...

x