
सरकारले सरकारी कार्यालयहरूमा विद्युतीय सवारी साधन खरिद गर्ने नीति लिने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/०८१ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारी कार्यालयहरूमा विद्युतीय सवारी साधन खरिद गर्ने नीति लिने घोषणा गरेका हुन् ।
शहरहरूमा क्रमशः विद्युतीय यातायात सञ्चालनको व्यवस्था गरिने उनले बताए ।
ग्यास, डिजेल तथा पेट्रोलबाट चल्ने सवारी साधनलाई विद्युतीय प्रणालीबाट चल्ने सवारी साधनलाई सहुलियत दिइने उनले बताए ।