
सरकारले ५० युनिटसम्मको बिजुली प्रयोग निःशुल्क गर्ने भएको छ । हाल २० युनिटसम्मको बिजुलीलाई निःशुल्क गरिरहेको सरकारले अब भने हिउँदमा ३० र वर्षामा ५० युनिटसम्म खपत गर्ने उपभोक्तालाई निःशुल्क गर्ने भएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै बिजुली खपत प्रयोग बढाउन निःशुल्क दिने व्यवस्था गर्ने बताएका हुन् ।
ऊर्जामा सबै नागरिकको पहुँच पुर्याइने र विपन्न वर्गलाई निःशुल्क मिटर जडान गर्ने घोषणा पनि नीति तथा कार्यक्रममार्फत् गरेको छ ।
आगामी आवमा खाना पकाउने ग्यासलाई विद्युतीय चुलोले विस्थापन गर्ने व्यवस्था गरिने पनि राष्ट्रपनि रामचन्द्र पौडेलले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख छ ।