२७ जेठ २०८३, बुधबार

भारतमा अब २ हजार दरका नोट प्रचलनमा नआउने

जेठ ५, २०८०
भारतमा अब २ हजार दरका नोट प्रचलनमा नआउने

भारत सरकारले अब २ हजार दरका नोट प्रचलनमा नल्याउने निर्णय गरेको छ ।  भारतीय केन्द्रीय बैंक (भारतीय रिजर्भ बैंक) ले शुक्रबार २ हजार दरका नोट अब चलनचल्तीमा नल्याउने निर्णय गरेको हो । 
बैंकले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार २ हजार दरको दरको नोट तत्काल अवैध भने हुने छैन ।  बैंकका अनुसार ३० सेप्टेम्बरसम्म सर्वसाधारणले बैंकका गएर सो नोटको सटही गर्न सक्नेछन् । 

सर्वसाधारणले आफूसँग भएको २ हजार दरको नोट आफ्नो खातामा जम्मा गर्न सक्नेछन् भने जुनसुकै बैंकबाट नोट सटही सुविधा पनि लिन सक्नेछन। 

केन्द्रीय बैंकले २ हजार दरको नयाँ नोट अब जारी नहुने पनि स्पष्ट गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्