२७ असार २०८३, शनिबार

भारतमा २ हजार दरको नोट सेप्टेम्बर ३० पछि के हुन्छ ?

जेठ ५, २०८०
भारतमा २ हजार दरको नोट सेप्टेम्बर ३० पछि के हुन्छ ?

भारतीय केन्द्रीय बैङ्कले सेप्टेम्बर ३० भित्र २ हजार दरको नोट बैङ्क खातमा जम्मा गर्न वा बदल्न सकिने व्यवस्था गरेको छ । तर, सेप्टेम्बर ३० पछि नोट वैध हुने या नहुने भन्नेबारे प्रस्ट पारेको छैन । 

भारतीय केन्द्रीय बैङ्कले शुक्रबार एक विज्ञप्ति जारी गर्दै अब २ हजार दरको नोट प्रचलनमा नल्याउने घोषणा गरेको थियो । 

२ हजार दरको नोटको सर्वाधिक सर्कुलेशन ३१ मार्च २०१८ मा भएको थियो । त्यतिबेला ६.७३ करोड सर्कुलेशन थियो । यस्तै ३१ मार्चा २०२३ मा यसको सर्कुलेशन मात्र ३.६३ करोड रहेको समाचारमा जनाइएको छ ।

नरेन्द्र मोदी सरकारले  ५०० र हजार दरको नोटमा प्रतिबन्ध लगाउने निर्णय लिएपछि २ हजार दरको नोट प्रचलनमा ल्याएकोमा यो नोट पनि हाल आएर प्रचलनमा नल्याउने निर्णय लिएको हो । भारतमा सरकारको पछिल्लो निर्णयको सन्दर्भमा बहस सुरु भइसकेको छ । 

salt training

कमेन्ट गर्नुहोस्