२९ जेठ २०८३, शुक्रबार

ए डिभिजन लिगमा आज तीन खेल हुँदै

ए डिभिजन लिगमा आज तीन खेल हुँदै

 शहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज तीन खेल हुँदैछन् ।  

अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुईवटा र च्यासल मैदानमा एक खेल हुनेछ ।  

जसअनुसार च्यासल मैदानमा दिउँसो तीन बजे न्युरोड टिम र मच्छिन्द्र फुटबल क्लब बिच प्रतिस्पर्धा हुनेछ । 

यसैगरी, रंगशालामा दिउँसो तीन बजेबाट एपिएफ र मनाङ मस्र्याङदी र  ६ बजेबाट जावालाखेल युथ क्लब र संकट क्लबबीच प्रतिस्पर्धा हुनेछ । 

salt training

कमेन्ट गर्नुहोस्