२२ जेठ २०८३, शुक्रबार

काठमाडौँबाट दुई जना विदेशी नागरिक पक्राउ

काठमाडौँबाट दुई जना विदेशी नागरिक पक्राउ

सरकारी अनुमतिबिना मनोमानी तरिकाले पोल्याण्ड लैजाने तथा त्यहाँको रोजगारीका बारेमा अभिमुखीकरण (सेमिनार) गर्न खोज्ने दुई जना विदेशी नागरिकलाई प्रहरीले  पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बेलारुस स्थायी ठेगाना भई काठमाडौँस्थित मेरियट होटल बस्दै आएकी ३० वर्षीया रीता फियाडोसिक तथा सोही ठाउँका ३७ वर्षीय ओलिग फियाडोसिक रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार पक्राउ परेकाहरूले सामाजिक सञ्जाल टिकटकमार्फत विज्ञापन जानकारी गराई पोल्याण्डमा रोजगारीका बारेमा सेमिनार गर्ने भनी शनिबार उक्त होटलमा हल बुक गरी ठूलो सङ्ख्यामा (अन्दाजी पाँच सय जना) नेपाली नागरिकको भेला गर्ने  तयारी पूरा गरेको पाइएको छ । सो विषयमा नेपालस्थित कुनै पनि सरकारी निकायलाई जानकारी नगराएको हुँदा निजहरूलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ ।

नियन्त्रणमा लिएका विदेशी नागरिकबारे वैदेशिक रोजगार विभागलाई जानकारी गराइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्