
काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ बाट नियन्त्रित लागूऔषध डाइजेपाम ४९ थान, नोर्फिन ४७ थान, फेनारगन ५० थान र नगद २५ हजार ५०० रूपैयाँसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा गोकर्णेश्वर नगरपालिका–८ माकलबारी बस्नेहरू रौतहट चन्द्रपुर नगरपालिका–३ घर भएका २४ वर्षीय सानु तामाङ र २२ वर्षीय सुर्जा तामाङ रहेका छन् ।
सोही नगरपालिका–८ भेनसमोड र माकलबारी एरियामा लागूऔषध बिक्री भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
सिरहाको गोलबजार नगरपालिका–४ निपाने टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १३० मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोलबजार नगरपालिका–४ बस्ने २२ वर्षीय राकेश विक र सोही नगरपालिका–२ बस्ने २५ वर्षीय सनम लामा रहेका छन् ।
ईलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले उनीहरूलाई लागूपदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
कैलालीको धनगढी उपमहानगरपालिका–३ त्रिनगर ब्यारेलबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम ५०० मिलिग्राम र अवैध लागूऔषध चरेस १ ग्राम १५० मिलिग्रामसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा अछाम मंगलसेन नगरपालिका–५ बस्ने २१ वर्षीय अरुण सेवा, १९ वर्षीय रविन्द्र केसी र २७ वर्षीय प्रकाश बिष्ट रहेका छन् ।
लागूऔषध नियन्त्रण व्यूरो महेन्द्रनगर र प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनीहरूलाई लागूऔषधसहित फेला पारी पक्राउ गरेको छ ।