२५ असार २०८३, बिहीबार

उडिरहेकै अवस्थामा नेपाल एयरलाइन्सको जहाजभित्र यात्रुको मृत्यु

कात्तिक २०, २०७४
उडिरहेकै अवस्थामा नेपाल एयरलाइन्सको जहाजभित्र यात्रुको मृत्यु

नेपालगन्ज, २२ भदौ– नेपागन्जबाट जुम्लाका लागि उडेको नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को विमानमा उडिरहेकै अवस्थामा एकजना यात्रुको मृत्यु भएको छ ।

नेपालगन्ज विमानस्थलबाट जुम्लाका लागि उडेको केही समयमै जुम्लाको हुमा गाउँपालिका–६ की ५६ वर्षीया लक्ष्मी शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

जुम्ला विमानस्थलले भने विमान ल्याण्ड भइसके पछि मात्रै मृत्यु भएको थाहा भएको जनाएको छ ।

मृतकको शव आफन्तले बुझेर लगिसकेको जुम्ला विमानस्थलले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्