साउन २३, २०८०
राष्ट्रिय भूमि आयोग जिल्ला समिति ललितपुरले कोञ्ज्योसोम गाउँपालिकाका ४३ भूमिहीन दलित, सुकुम्बासी परिवारलाई निस्सा वितरण गरेको छ । वडा तहबाट पालिका हुँदै सङ्कलन भएको तथ्याङ्कका आधारमा आयोग जिल्ला समितिले गाउँपा...
टीकापुर घटनाका दोषी रेशम चौधरीलाई राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएका छन् ।
गणतन्त्र दिवस (जेठ १५)का अवसरमा राष्ट्रपति पौडेलले रेशम चौधरी, टोपबहादुर बुढासमेत १९ जनालाई आममाफी दिएका हुन् ।
राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्ति जारी गरी आममाफी सम्बन्धमा जानकारी गराएकी छन् ।
'सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूबाट नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८०/०२/१२ र २०८०/०२/१४ का बैठकका सिफारिस अनुसार टोपबहादुर बुढा समेतका १९ जना व्यक्तिहरूलाई विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको कैद सजाय नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम गणतन्त्र दिवस, २०८० को उपलक्ष्यमा माफी भएको छ,' विज्ञप्तिमा भनिएको छ ।
राष्ट्रपति कार्यालयको विज्ञप्तिमा रेशम चौधरीको नाम उल्लेख नगरिए पनि आममाफी पाउने १९ जनाको सूचीमा रेशम समेत रहेको राष्ट्रपति कार्यालय स्रोतले लोकान्तरलाई बतायो ।
हेर्नुहोस्, विज्ञप्ति :
यसका अलावा राष्ट्रपति पौडेलले ४८२ जनाको कैद कट्टी गरी भुक्तान हुन बाँकी कैद माफी दिएका छन् ।
'सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूबाट नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८०/२/१२ को बैठकको सिफारिसमा मिति २०८०/२/१५ गते देखि लागू हुने गरी रमेश थलङ भन्ने हेमबहादुर थलङ/लिम्बूसमेतका ४७५ (चार सय पचहत्तर) जना र ज्येष्ठ नागरिक उदय नारायण गिरीसमेतका ७ (सात) जना गरी कुल जम्मा ४८२ (चार सय बयासी) जना कैदीहरूको भुक्तान हुन बाँकी कैद सजाय नेपालको संविधानको धारा २७६, फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७ तथा ज्येष्ठ नागरिक ऐन, २०६३ को दफा १२ बमोजिम गणतन्त्र दिवस, २०८० को अवसरमा माफी भएको छ,' राष्ट्रपति कार्यालयको अर्को विज्ञप्तिमा उल्लेख छ ।
राष्ट्रिय भूमि आयोग जिल्ला समिति ललितपुरले कोञ्ज्योसोम गाउँपालिकाका ४३ भूमिहीन दलित, सुकुम्बासी परिवारलाई निस्सा वितरण गरेको छ । वडा तहबाट पालिका हुँदै सङ्कलन भएको तथ्याङ्कका आधारमा आयोग जिल्ला समितिले गाउँपा...
प्रजातन्त्र तथा प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार एवं साहित्यकार राजेश्वर नेपालीको निधन भएको छ । पत्रकारिताका भीष्म पितामह पनि भनिने नेपालीको आज बेलुका ८ः१० बजे जनकपुरधामस्थित म्याक्स अस्पतालमा निधन भएको उ...
गैरआवासीय नेपाली संघ (एनआरएनए) को उपमहासचिव पदमा वर्तमान प्रवक्ता सोम सापकोटाले उम्मेदवारी दिने भएका छन् । सङ्घको स्थापनाकालदेखिनै सक्रिय सापकोटा सङ्घको विभिन्न पदीय जिम्मेवारी रही नेपाल र नेपालीहरूको हक हितक...
सिरहाको औरही–३ मा दुर्लभ मानिएको नीलगाई मृतावस्थामा भेटिएको छ । जिल्ला वन कार्यालय सिरहास्थित लहानका प्रमुख सुजितकुमार झाका अनुसार मङ्गलबार बिहान धानखेतमा वयस्क नीलगाई मृतावस्थामा भेटिएको हो ।&n...
टक्सार– बनेको तीन महिनामै कालोपत्रे भएको सडक भत्किएपछि सो बिषयमा सरोकारवाला निकायले चासो देखाएका छन् । लाखौँ बजेट खर्चेर बनेको सडक तीन महिनामै भत्किए पछि स्थानीयवासी आक्रोसित भएका भोजपुर नगरपा...
प्रादेशिक अस्पताल जनकपुरधाममा मुटु रोगको उपचार सुरु भएको निर्देशक डा रामनरेश पण्डितले बताएका छन् । लामो समयदेखि जनशक्तिको अभावले मुटुको परीक्षण गर्ने इन्डोस्कोपी मेसिन थन्किएकोमा शिक्षण अस्पताल महाराजग...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...