०२ असार २०८३, मंगलबार

निजामती सेवा दिवसमा कर्मचारी सम्मानित

कात्तिक २०, २०७४
निजामती सेवा दिवसमा कर्मचारी सम्मानित
भोजपुर, २२ भदौ- निजामती सेवा दिवस—२०७४ को अवसरमा आज भोजपुरका उत्कृष्ट कर्मचारी सम्मानित भएका छन् । 

निजामती सेवा दिवस मूल समारोह समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी चेतराज बरालले उत्कृष्ट तथा सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीलाई कदरपत्रले सम्मान गर्नुभएको हो । 

‘निजामती कर्मचारीको प्रतिबद्धता, पारदर्शिता र चुस्तता’ भन्ने मूलनाराका साथ भएको कार्यक्रममा उत्कृष्ट कर्मचारी जिल्ला खानेपानी कार्यालयका प्रमुख रामपुकार साफी, महिला विकास निरीक्षक राधिका गौतम, जिल्ला प्रसासन कार्यालयका कार्यालय सहयोगी राम तामाङ तथा सेवानिवृत्त छजना कर्मचारीसहित नौजना कर्मचारी सम्मानित भएका हुन् । 

प्रजिअ बरालले निजामती कर्मचारी सेवा प्रवाहमा दत्तचित भएर लाग्नुपर्ने बताउनुभएको छ । राज्य र नागरिकले अपेक्षा गरेअनुसार सेवा प्रवाह गर्नसके सेवाग्राहीले सुशासनको अनुभूति गर्न सक्ने उहाँको भनाइ थियो ।

salt training

कमेन्ट गर्नुहोस्